Aamsanchar

नयाँ क्रसर उद्योगलाई अनुमति नदिने वातावरणमन्त्री पण्डितको निर्णय

Author Image
बुधवार, फागुन ९, २०७४

काठमाडौं :

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नयाँ क्रसर उद्योगको अनुमति रोक्का गर्ने निर्णय गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेपछि पण्डितले पहिलो निर्णय क्रसर उद्योगलाई अनुमति रोक्ने गरेका हुन्।

मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमले भने, ‘नयाँ क्रसर उद्योगलाई अनुमति नदिने निर्णय भएको छ। पुराना क्रसर उद्योगले समेत वातावरणमा प्रतिकुल असर पारेको पाइए अनुसन्धान गरेर अनुमति खारेज गरिने निर्णय भएको छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर