काँकरभिट्टा ।

काकडभिट्टामा यहि फागनु २६ गते देखी काकडभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा दोस्रो संस्करणको नेपाल इण्डो भेट्रान फुटवल प्रतियोगिता हुने भएको छ ।

प्रतियेगिताका बारेमा शनिवार मेची नेत्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । चैत ४ गतेगतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतका ४ सहित १४ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष गङ्गालाल गुरुङले ताए । प्रतियोगिताको विजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार नगद पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले बताए ।

प्रतियोगिताका प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार १ सय, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार १ सय, प्रतियोगिताको सर्वाधिक गोलकर्त, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिड–फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचलाई नगद ३ हजार १ सय रुपैयाँ सहित पुरस्कृत गरिने क्लवका महासचिव शेरबहादुर बस्नेतले बताए ।

त्यसैगरी प्रतियोगिताका ज्येष्ठ खेलाडीलाई नगद ५ हजार सहित सम्मानित गरिने बताइएको छ । प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन मेचीनगर ६ निवासी दुर्गा राई र चन्द्र प्रकाशराईले गर्नेछन् ।
त्यसैगरी मेचीनगर ६ निवासी गंगालाल गुरुङले रु १ लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका छन् । काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न ८ लाख ८४ हजार खर्च लाग्ने अनुमान गरिएको छ । झापा जिल्ला फुटवल संघका अध्यक्ष भगिरथ आले मामाको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलन अध्यक्ष गंगालाल गुरुङको सभापतित्व तथा सचिव शेरबहादुर बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नरेन्द्र गुरुङ, जगत गुरुङ, राजकुमार श्रेष्ठ, दिपक कार्की, मोहन प्रकाश उप्रेती लगायतको सहभागिता थियो । कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष खगेन्द्र उप्रेतीले गरेका थिए ।

