Aamsanchar

बर्नेमा एतिहासिक बुद्धशान्ति महोत्सब शुरु

Author Image
आइतवार, फागुन १३, २०७४

[दिपेन लावती]

शान्तिनगर

झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा एतिहासिक बुद्धशान्ति गाउँपालिका महोत्सब शनिबारबाट शुरु भएको छ । युनिटी युथ क्लबको आयोजनामा सो ८ दिने महोत्सबको प्रमुख अतिथी बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले पानसमा दिप प्रज्वलन र ब्यानर पढेर उद्घाटन गरिन् । क्लबका अध्यक्ष डिल्ली माँबोको सभापतित्वमा आयोजित कार्यक्रमा बुद्धशान्ति गाउँपालिकाको सात वटै वडाका वडाध्यक्षहरुको बिशिष्ट आतिथ्य रहेको थियो ।

क्लबका सल्लाहाकार लक्ष्मि माँबोले स्वागत गरेको कार्यक्रममा साहित्यकार तथा समालोचक मूनाराज शेर्मा, सामाजिक ब्यक्तित्व शेरबहादुर राय, चक्र शेर्मा, ६ नम्बर वडाध्यक्ष शम्भु पौडेल, ४ नम्बरका वडाध्यक्ष बुद्धिमान जबेगु, प्रमुख अतिथी मीरा भुर्तेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उद्घाटन सत्रमा बिभिन्न जातजातीको झाँकी प्रदर्शन गरिएको थियो भने स्थानीय महिलाले जातिय पहिचान झल्कने पोसाक लगाएर कार्यक्रममा सहभागि जनाएका थिए । समाजिक बिकृति बिसङ्गती, लोकसास्कृति, खेलकुद लगायत बिभिन्न क्षेत्रममा काम गर्दै आएको क्लबले यसबर्ष बर्नेमा निर्माणधिन सार्वजनिक सौचालयलाई पूर्णता दिने उद्धेश्यले महोत्सबको आयोजना गरिएको हो । यसका साथै हरेक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सब अवधीभर मन्त्र बेण्ड, ज्योती मगर, रजीना रिमाल, मीना निरौला, माण्डपी त्रिपाटि, तारप्रकास लिम्बु, बिनोद खम्बु र असोक राईको सांगीतिक प्रस्तुती रहने आयोजकको भनाई छ । क्लबले हाल बर्ने चिया बगानको परिषरमा करिब ५ लाखको लागतमा सार्वजनिक सौचालय निर्माण गरिरहेका छन् ।

यसअघि क्लबले बुद्धशान्ति भित्र शिक्षा, स्वास्थ्य, लोकसस्कृति जगेर्ना, खेलकुद लगायतको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ । महोत्सब सम्पन्न गर्न करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ भने महोत्सबबाट उठेको रकम क्लबको बिकास र सामाजिक काममै खर्च गर्ने क्लबका अध्यक्ष माँबोले बताए । महोत्सब फागुन १९ गते सम्म संचालन हुनेछ । महोत्सब अवधीभर करिब ५० हजार बढिले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)