Aamsanchar

मन्त्रिपरिषद्मा थारु समुदायको प्रतिनिधित्व गराउन माग

Author Image
आइतवार, फागुन १३, २०७४

काठमाडौँ, 

थारु समुदायका राजनीतिज्ञले अब बन्ने मन्त्रिपरिषद्मा थारु समुदायका सभासद्लाई जनसंख्याको अनुपातमा समानुपातिक ढंगले केन्द्र तथा प्रदेशमा मन्त्री बनाउन माग गरेका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा थारु समुदायलाई राज्यले सधैँ उपेक्षा गर्दै आएको बताउँदै देशमा क्रान्तिकारी राजनीतिक परिवर्तनका लागि आन्दोलनमा थारुले आफ्नो जीवन उत्सर्ग गरेको थारु नेताहरुको भनाइ थियो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य भगवती चौधरीले सरकारमा थारु समुदायलाई समानुपातिक सहभागिता गर्नुपर्नेमा जोड दिँदै थारुले सम्मानजनक मन्त्रिपरिषद्मा स्थान पाउनुपर्ने बताउनुभयो ।

थारु संघर्ष समितिका अगुवा एव अभियन्ता डा सुरेन्द्रकुमार चौधरीले नेपालको ७० वर्ष लामो राजनीतिक इतिहासमा थारुले बलिदान गरेको स्मरण गर्दै राज्यले उनीहरुमाथि विभेद गर्न नहुने बताउनुभयो ।

थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यकाका सचिव तुलसी थारुले देशमा राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका थारु समुदायले देश विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर