Aamsanchar

लागुऔषध सेवनमा फसेका तीन बालक को उद्धार

Author Image
मङ्गलवार, फागुन १५, २०७४

दमक,

झापाको दमकमा लामो समयदेखि सडक तथा फूटपाथमा बसेर लागुऔषध सेवन गर्दै आएका तीन जना बालकहरुलाइ सवाल नेपाल अनलाइन र लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पहलमा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले उद्धार गरेको छ ।

दमक ६ जेसिज चोक नजिकै सवाल नेपाल अनलाइनको कार्यालय अगाडि खाली ठाँउमा दिउसो १२ बजेतिर लागु औषध प्रयोग गरिरहेका बालकहरु देखिपछि उनिहरुको उद्धारका लागि सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेल र प्रबन्धक केदारबाबु पौड्यालले शुरुवाती पहल गरेका थिए । त्यसमा लायन्स क्लवका अध्यक्ष रुद्र गौतमले साथ दिएका थिए ।

लागु औषध प्रयोग गरिरहेका दमक १३ का दूइ श्रेष्ठ दाजुभाइको बुबाको केहि बर्ष अघि मृत्यु भएको र आमा पनि अर्कैसंग विवाह गरेपछि साहारा विहिन भएको पाइएको थियो । अर्का दर्जी बालकको आमा विदेश गएको र बुबा मिस्त्रि काम गर्दै गरेको बताएका थिए । उनिहरु लागु औषधमा लठ्ठि रहेका थिए ।

लायन्स क्लव अफ माउण्ट एभरेष्ट र सवाल नेपाल अनलाइनको पहलमा उद्धारका लागि दमक नगरपालिका उपप्रमुख गिता अधिकारी उक्त स्थलमा नैे आएकी थिइन । त्यो समयमा पनि बालकहरु लागु औषध प्रयोग गरिरहेका थिए । नगर उपप्रमुख अधिकारीले उनिहरुको अवस्था देखेर भावुक बन्दै राख्ने ठाँउको खोजी गरेकी थिइन् ।

तत्काल लागि राख्न दमकमा नै रहेको हेप्पी नेपाल सुधार केन्द्र तयार भएपछि उठाएर उनिहरुलाइ त्यहि लगिएको थियो । उनिहरुको अवस्था अहिले सामान्य रहेको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरी समेत उद्धार कार्यमा आएका थिए । दमकमा यस प्रकारका डेढ दर्जनभन्दा बढि बालबालिका रहेको गिरीले जनाए । उपप्रमुख अधिकारीले सबैलाइ ३ महिनाभित्रमा उद्धार गर्न योजनाका साथ लागि पर्ने बताइन् ।

३ जनालाइ सुधार गृहमा राखिएको र अरुलाइ पनि सुधार गृहमा राख्नका लागि आफूहरु सहयोग गर्न तयार रहेको लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष गौतमले बताए । उनले अरु सामाजिक संघसंस्थाहरुसंग समन्वय गरेर यस्ता बालबालिकाहरुको उद्धार गरिने उनको भनाइ रहेको थियो ।

सडकमा रहेका ३ बालकहरुलाइ उद्धार कार्यमा दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बर बराल, लायन्सकर्मीहरु चन्द्र गजमेर, मनोज अग्रवाल, बुद्धिशेखर भट्टराइ लगायतले तत्काल उद्धारमा सहयोग पर्याएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर