Aamsanchar

स्वास्थ्य शिविरबाट पाँचसयभन्दा बढीलाई उपचार

Author Image
मङ्गलवार, फागुन १५, २०७४

सप्तरी,

प्रदेश नम्बर २ अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा नेपाली सेनाद्वारा आयोजित स्वास्थ्य शिविरमा ५०० भन्दा बढीलाई उपचार गरिएको छ ।

स्थानीय आधारभूत विद्यालय, रम्पुरामा विपन्न वर्ग तथा समुदायका बिरामीलाई लक्षित गरी मध्यपूर्वी पृतना हेडक्वार्टरको संयोजन एवं भीमदल गण भलुवाही ब्यारेक, राजविराजद्वारा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

सो शिविरमा भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ डा प्रकाशराज न्यौपानेसहित १६ जनाको स्वास्थ्यकर्मी टोलीले सेवा दिएको बताइएको छ । श्री नम्वर २७ फिए र श्री नम्बर २८ फिएका डाक्टर दुईजनासहित नर्सिङ अर्दली–६ गरी आठजनाको टोलीले स्त्रीरोग तथा पाठेघरसम्बन्धी क्यान्सर र पुरुषको मुख तथा अन्य क्यान्सरसम्बन्धी निःशुल्क उपचार तथा औषधि वितरण गरिएको छ ।

उक्त शिविरबाट २३३ जना पुरुष र ३३९ जना महिलालाई सेवा लिएको भीमदल गण, भलुवाही ब्यारेकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर