झापा गोल्डकप गत बर्ष भन्दा अझ व्यवस्थापन पक्ष मजबुध
बिर्तामोड, फागुन १५ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्डकपको तेस्रो संस्करणको तयारी अन्तिम तयारी अवस्थामा पुगेको छ । आयोजक रमपम झापा ११ ले मंगलवार खेल मैदानमा पत्रकार सम्मेलन आयोजना गरी तयारी अन्तिम अवस्थामा पुगेको बताएको हो ।
मैदानमा पानी हालेर घाँस काट्ने काम जारी रहेको मैदान ब्यवस्थापन समितिका संयोजक फिरोज राईले बताए ।प्रतियोगिताको लागि लगभग ५ हजार दर्शक अटाउने बाँसको प्याराफिट निर्माण भएको छ ।
अघिल्लो बर्ष ४ तहको प्याराफिट भएकाले दर्शकलाई खेल हेर्न समास्या भएकाले यसबर्ष ६ तहको प्याराफिट निर्माण गरेको मैदान व्यवस्थापन संयोजक राईले बताए । प्रतियोगितामा आयोजक रमपम झापा ११ सहित मनाङ मस्र्याङदी क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११, सुदुर पश्चिम फुटबल क्लब र भारतको सिक्किम युनाइटेड क्लबको सहभागिता रहने अयोजक समितिका संयोजक महेन्द्र गिरीले बताए ।
प्रतियोगिताको बिजेताले १२ लाख ५१ हजार, उपबिजेताले ६ लाख रुपैंया, ट्रफि, मेडल र प्रमाणपत्र पाउने जानकारी गिरीले दिए । प्रत्येक दिन हुने म्यान अफ द म्याचलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडी र रमपम झापा ११ का एकजना खेलाडीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ अन्तर्गत यामाहा कम्पनिको एक एकवटा मोटरसाइकल प्रदान गरिने संयोजक गिरीले बताए ।
हरेक दिन टिकट काटेर खेल हेर्ने एकजना भाग्यशाली दर्शकलाई पनि यो बर्षदेखि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । एकजना भाग्यशाली दर्शकले हरेक दिन एक एक वटा सामसुङ कम्पनिको एलइडी टेलिभिजन प्राप्त गर्ने आयोजक समितिका बरिष्ट उपाध्यक्ष बलराम कार्कीले जानकारी दिए । उनले टिकट काटेर खेल हेर्न आएका दर्शकमध्ये लक्की ड्र गरेर टेलिभिजन प्रदान गरिने बताए । यो पटक एलइडी डिस्प्ले मार्फत प्रतियोगिता तथा रिप्ले देखाइने तयारी आयोजकको छ ।
फुटबलको ब्यवसायिकताको लागि रमपम झापा ११ ले मोफसलमै पहिलो पटक खेलाडी अनुबन्धन गर्न शुरु गरेको छ । यो बर्षको प्रतियोगिता शुरु हुने समयसम्म १० जना खेलाडीलाई अनुबन्ध गर्न सकिने आयोजकले बताएको छ । आयोजक समितिका संयोजक गिरीका अनुसार ७ जना खेलाडीलाई अनुबन्धको लागि सहमति भइसकेको भई सकेको उपाध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिता शुरु हुने बेलासम्म बाँकी तीनजना थपिने अपेक्षा छ । प्रतियोगिता फागुन १९ देखि २८ गतेसम्म झापाको डोमालाल राजवंशीमा हुनेछ ।
फोटो : विनोद पाण्डे (कमल)/आमसंचार