बिर्तामोड,
झापाको स्थित बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलद्वाराआबआउने असाढबाट सञ्चालनमाआउनलागेको पुर्वाञ्चलक्यान्सर हस्पिटल प्रा. लि. ले अत्याधुनिकउपकरण भित्र्याउने भएको छ ।
हस्पिटलले दक्षिण एसियामा नै पहिलो पटक अत्याधुनिकउपकरणहरु भित्रनलागेको हस्पिटलका कार्यकारी निर्देशकदुर्गा प्रसाद प्रसाईले जानकारी दिए । आज हस्पिटल परिसरमाआयोजनागरिएको पत्रकार सम्मेलनमाबोल्दै कार्यकारी निर्देशक प्रसाईले अब क्यान्सरका बिरामीहरुले विदेश उपचारका लागीजानुनपर्ने बताएका छन् ।
हस्पिटलका कार्यकारी निर्देशक प्रसाई र भेरियन्स मेडिकल्स सिस्टमका दक्षिण एसियाम्यानेजर बिनितगुप्ता र आनन्दकुमार सिंह बिच अत्याधुनिकउपकरण ल्याउने विषयमा सम्झौताभएको छ ।
अमेरिकामै छ महिना अगाडी लन्चभएको दक्षिण एसियामा नै पहिलो पटक हस्पिटलले हेल्सियोन HALCYON र ट्रोबिम TrueBeam, फोर डीसिटी स्क्यानर डिजिटल मेमो ग्राम मेसिन, ब्रेकी थेरपी BrachyTherappy भित्र्याउनलागेको हो । उक्तहेल्सियोन HALCYON हाल सम्मभारतमा समेत नभएको उक्तकम्पनीका मेनेजर बिनित गुप्तले जानकारी दिए । उक्त मेसिनल्याउन हस्पिटलले ९० करोड रुपैंयामा सम्झौता गरेको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बताए ।
उच्च स्तरको उपकरणसहित बन्नलागेको ३०० सैयाको हस्पिटलले सबै प्रकारको क्यान्सरको उपचार गर्ने बीएण्डसी टिचिङ्ग हस्पिटलकाक्यान्सर रोग विशेषज्ञ डाक्टर विरेन्द्रकुमार यादवले जानकारी दिएका छन् । उनले यीउपकरणहरु आएपछि क्यान्सरको रेडियसन लगाउने र कुन चरणको क्यान्सर लागेको हो सोहीअनुसार उपचार थाल्ने उनको भनाई छ । डाक्टर यादवले यीउपकरण आएपछि ३ दिन देखी ५ दिनभित्रमाक्यान्सरको उपचार हुने र महिनौ सम्म हस्पिटलमा बस्नु नपर्ने जानकारी दिएका छन् ।
पुर्वाञ्चलक्यान्सर हस्पिटल प्रा. लि. असारबाट सुरु गर्ने लक्ष्यका साथनिर्माण कार्य भइहेको र चार महिनाभित्र सम्पुर्ण उपकरणहरु समेत आइसक्ने भएकाले त्यस पश्चातक्यान्सरका कुनै पनि बिरामीले उपचारका लागीविदेश तथा काठमाण्डौ जानुनपर्ने अस्पतालले दावी गरेको छ । सरकारी अस्पताल, नेपालका ठुला ठुला पुराना मेडिकल कलेजहरु तथा नेपालकाअन्य ठुला अस्पतालले गर्ननसकेको काम बि. एण्ड सी. टिचिङ्ग हस्पिटलले गर्दै आएको भन्दै जनताले बुझे पछि यसमाउपचार गर्नेहरु भीड लाग्ने बरिष्ठ सर्जन डाक्टर रोहितकुमार यादवकोभनाई छ ।
बिभिन्नविशेषज्ञ सेवा सहितउपचार गर्दै आएको हस्पिटलले क्यान्सरको मात्रै छुट्टै अस्पताल नै सञ्चालमाल्याउनलागेको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए । हालझापा सहितइलाम, पाँचथर, ताप्लेजुङ्ग, मोरङ्ग, सुनसरी तथाभारतकाबिभिन्न स्थानबाट उपचारका लागी बिरामीहरु आउने गरेको हस्पिटलले जनाएको छ ।