Aamsanchar

सहयोगी मन भएका दुर्गा विरामीको प्यारा

Author Image
बिहिवार, फागुन १७, २०७४

(नरेन्द्र ढकाल)
बिर्तामोड ।

उपचार नपाएर खोरमा रहेका विरामीको उद्धारदेखि अर्कै अस्पतालमा रकम तिर्न नसकेर अस्पतालमा नै बास बस्नुपर्नेहरुलाई सहयोग गर्दै तथा आफ्नै अस्पतालमा आएका विरामीले रगत अभावमा उपचार नपाइरहेका बेला आफैं रगत दिन तयार हुन्छन् झापाको बीएण्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई ।

उपचार गर्न आएका तथा आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्न अग्रसर हुने कार्यकारी निर्देशक प्रसाईले आर्थिक अवस्था कमजोर एक बालकको निःशुल्क उपचार गरिदिएका छन् । आमा स्तन क्यान्सरले पिडित भएकी र उपचारपनि चन्दा संकलन गरेर गरिरहेको बेला छोरोलाई हर्निया भएपछि उनको परिवारमा समस्या छाइरहेका बेला सहयोगी मन भएका प्रसाईले छोराको निःशुल्क उपचार गरेर भगवानको रुपदेखाएको झापाको मेचीनगर–१३ की सीता उप्रेतीले बताइन् ।

उनले भनिन्– मेरो देब्रे स्तनमा क्यान्सर भएको छ । सम्पत्ति केही छैन छोरापनि विरामी । सरकारले सहयोग गर्ला की भनेर मेची अञ्चल अस्पताल भएको अप्रेसनमात्र निःशुल्क गर्ने औषधीको खर्च लाग्ने भनेपछि छोरालाई घरमा नै र्फकाएको थिएँ ।

तर बीएण्डसीमा कार्यरत नर्स प्रतिमा सिग्देलले सबै व्रितान्त सुनाएपछि हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले सामाजिक उत्तरदाहित्व अन्तरगत निःशुल्क उपचार गरेको जानकारी दिए । हस्पिटल हेर्दा ठूलो भएपनि अस्पतालले गरिब जनताको उपचार पनि गर्दो रहेछ भन्ने थाहा भएको बालकका बुबा रमेश उप्रेतीले बताए । ५वर्षका छोरा समीरको उपचार हस्पिटलले निःशुल्क गरिदिएपछि रमेशको परिवारमा खुशीयाली छाएको छ ।

केही हस्पिटलहरुले नै बीएण्डसी हस्पिटल महागो छ भनेर भ्रम फैल्याएको भन्दै कार्यकारी निर्देशक प्रसाईले उपचार महँगो नभएको बताएका छन् । बीएण्डसीमा गरिब जनताको पहुँच पुग्ने बताएका छन् । हस्पिटलमा विशेषज्ञ सेवाहरु सञ्चालन भइरहेको र सबै प्रकारका उपचार गर्न हस्पिटल तयार रहेको डाक्टर रोहितकुमार यादवले बताएका छन् ।

यसैबीच हस्पिटलले सामाजिक उत्तरदाहित्व अन्र्तगत हालसम्म ५५ जना बिरामीको निःशुल्क उपचार गरेको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए । तीन करोड रुपैंया बराबरको उपचार खर्च तथा औषधी खर्च निःशुल्क गरिएको बताइएको छ ।

हालसम्म बीएण्डसी हस्पिटलमा १८ लाखबढी उपचार पाइसकेको अस्पतालका जनसम्र्पक अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् । अत्याधुनिक उपकरण सहित विशेषज्ञ चिकित्सक सहित उपचार गर्दै आएको अस्पतालले मुटु, क्यान्सर लगायतको उपचारका लागी विश्व स्तरीय उपकरणहरु पनि भित्र्याउने चरणमा रहेको हस्पिटलले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)