Aamsanchar

कांग्रेस कहिल्यै नमर्ने दुबो–डा.महत

Author Image
बिहिवार, फागुन १७, २०७४

(शान्तिराम बस्नेत)
शिवसताक्षी ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट मन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसलाई कहिल्यै नमर्ने दुबोको संज्ञा दिएका छन् ।झापाको शिवसताक्षी दूधेस्थित भू.पू.सैनिक संघको हलमा नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले गरेको नगर सम्मेलन तथा पार्टी प्रवेश स्वागत कार्यक्रममा बोल्दै नेपाली कांग्रेस आफ्नै भित्रका साथीहरुका कारण बेखाबखत सुक्दै पुनः हरियो भएर जाग्ने दुबो भनेका छन् ।

त्यस्तै उनले बामगठवन्धन सरकारले आफुलाई अधिनायकवादी प्रवृत्तिको रुप देखाउन शुरु गरिसकेको भन्दै पार्टीलाई नै सरकार मान्दै जाँदा भोलिका दिनमा लोकतन्त्र पलायन हुने सभ्यावता समेत जाहेर गरे ।

उनले पुनः थपे कांग्रेस अहिले पनि दोस्रो ठूलो दल होइन, किनभने प्रदेश तथा प्रतिनिधि सभामा दुई मुख्य दलहरुको बामगठबन्धनमा रुपमा अगाडि बढेपछि मात्र यस्तो अवस्था आएको बताउँदैं खेल खेल्दा जीतहार पक्कै हुन्छ, अबको ५ वर्षपछिको चुनावमा पक्का जित्ने र सत्ताका बागडोर सम्हाल्ने जीकिर गरे । जसका लागि तत्कालै पार्टीले पुनजागरण अभियानमा लागि उक्त अभियान देशभरि फैलाउनमा पार्टीका सबै तह तप्कामा रहनेलाई आदेश समेत दिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका पूर्व सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीले पार्टी अब नयाँ पुस्ताले सम्हाल्नु पर्ने बताउँदैं पार्टीको सिद्धान्त अंगीकार गर्दै गुट उपगुटको खेल बन्द आग्रह गरे । उनले आफूलाई कहिल्यै नथाक्ने बुढाथोकी बताउँदैं भने ः “यो थाक्ने बुढाथोकी हैन, घुँडा टेकेर पार्टीलाई आपत् परेको बेला जुनसुकै सहयोग गर्नमा लागि पर्नेछु ।”

यसैबीच सोही कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गर्दै २ सय भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जसमा संघीय लिम्बुवान मञ्च नेपालका जिल्ला उपाध्यक्ष सन्तकुमार फेउदेन, जिल्ला सदस्य पदमविक्रम लावती, शिवसताक्षी नगर अध्यक्ष दर्शन तुम्बापो लगायत रहेका छन् ।

त्यस्तै लोकतान्त्रिक फोरम नेपालका जिल्ला सचिव मंगलसिंह राजवंशी, जिल्ला कोषाध्यक्ष श्रीप्रसाद राजवंशी, सद्भावना झापा जिल्ला सदस्य नजरलाल राजवंशी, २०४८ सालको झापा साविक क्षेत्र नं. ५ का मध्यावधी चुनावमा सद्भावनाका उम्मेद्वार टोपलाल राजवंशी, राप्रपा प्रजातान्त्रिक जिल्ला सदस्य गुमानसिंह राजवंशी, सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघका संस्थापक अध्यक्ष तथा मेयर पदका प्रत्यासी उम्मेद्वार विजय साँवा, निवर्तमान अध्यक्ष टेकबहादुर राई, सदस्य किशोर मगर लगायत रहेका छन् ।

कार्यक्रममा नवप्रवेशीहरुका तर्फबाट सन्तकुमार फेउदेन, सतानुसिंह राजवंशीले आफूले अर्को पार्टी त्याग्नुको कारण बताउँदैं जय नेपालको नारा लगाएका थिए ।
नेपाली कांग्रेस शिवसताक्षी नगर परिचालन समिति संयोजक पर्शुराम ढुङ्गानाको सभापतित्व तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा महाधिवेशन प्रतिनिधि देवीकुमारी दाहाल, सुरेश सुब्बा, क्षेत्र नं. ४ क का प्रदेश सभाका उम्मेद्वार किरण भट्टराई, क्षेत्र नं. ४ का क्षेत्रीय संयोजक जयनारायण शाह, प्रदेश नं. १ का सदस्य ओम सरावगी लगायतले कार्यक्रममा आफ्ना धारणा व्यक्त गरेका थिए ।

साविक पाँचगाछी गाविस वडासभापति पदम थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नगर परिचालन समिति सह संयोजक बिनोद ढुङ्गाना तथा वडा नं. ११ का वडा सभापति अशोक बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर