Aamsanchar

पौडी खेल्न जाँदा नदीमा बेपत्ता

Author Image
शुक्रवार, फागुन १८, २०७४

चितवन, 

फागुका दिन पौडी खेल्न नारायणीमा गएका एक युवक नदीमा डुबेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त बिहीबार दिउँसो पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् ।

भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर