Aamsanchar

अध्यक्ष राणा भारत प्रस्थान

Author Image
शुक्रवार, फागुन १८, २०७४

काठमाडौँ,

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि आज भारत प्रस्थान गर्नुभएको छ ।

आयुर्वेदिक पद्धतिबाट उहाँको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ । अध्यक्ष राणा उपचारका क्रममा एक साता भारत बस्ने सन्दर्भमा पारिवारिक तथा निजी भेटघाटका कार्यक्रम तय गरिएको छ ।

सोही क्रममा भारतका विभिन्न दलका महत्वपूर्ण नेतासँग भेट तथा छलफल हुने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँको यही फागुन २४ गते स्वदेश फर्कने कार्यक्रम छ । यसअघि पनि उहाँ उपचारकै क्रममा करिब तीन साता लामो समय भारत बसेर तीन दिनअघि मात्र नेपाल आउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर