Aamsanchar

माता पिताको स्मृतिमा प्रसाईले दिए पत्रकार उपचार कोषलाई ५१०००

Author Image
शनिवार, फागुन १९, २०७४

बिर्तामोड,

नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड १ निवासी प्रसाई परिवारले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।
माता पिता जानुका र धनपति प्रसाईको स्मृतिमा छोराबुहारी ओमभक्त प्रसाई, दीपालक्ष्मी प्रसाई र नातिनी उपासना प्रसाईले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रसाई परिवारले पत्रकार महासंघका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई उक्त रकमको चेक प्रदान गरेका हुन् ।
जोखिम मोलेर नागरिकलाई सुसूचित गर्ने कार्यमा अहोरात्र खट्ने पत्रकारहरु विरामी तथा घाइते हुँदा केही सहयोग पुगोस् भनेर कोषमा रकम प्रदान गरिएको ओमभक्तले बताए ।

पत्रकार उपचार कोषमा रकम प्रदान गरेकोमा पत्रकार महासंघको तर्फबाट धन्यवाद ज्ञापन गर्दै उपाध्यक्ष गिरीले कोषको ब्याजबाट पत्रकारको उपचारमा सहयोग पुर्याइने बताए । महासंघले उपचार कोष एक करोड रुपैयाँको बनाइ त्यसको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने कार्यविधि बनाएको छ । हालसम्म ३३ लाख रुपैयाँ बढी कोषमा जम्मा भइसकेको छ ।

कोषका लागि सहयोगदाताहरुको नाममा नै रकम कोषको खातामा रहने र त्यसका लागि सहयोग गरिदिन महासंघले सबैमा आग्रह पनि गरेको महासंघका सहसचिव एवं कोषका सदस्य सचिव केशव भट्टराईले बताए ।

सहयोगदाता ओमभक्त फर्निचर व्यवसायी हुन् । दुई दशकदेखि फर्निचर व्यवसायमा रहेका उनी फर्निचर व्यवसायी संघ झापाका वरिष्ठ उपाध्यक्ष हुन् ।उनी वीरता जेसीजका पूर्व उपाध्यक्ष समेत हुन् । खाएर र समाजिक सेवामा दिएर वचेको मात्र खास सम्पत्ति हुने बताउदै ओमभक्तले पत्रकार उपचार कोषलाई सहयोग गरिदिन अरुलाई पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर