Aamsanchar

माननीय नवराज सिलवाललाई संसद भवनमा प्रहरीको सलाम !

Author Image
शनिवार, फागुन १९, २०७४

काठमाडौं, 

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल एमाले माओवादीको संयुक्त सांसद प्रशिक्षणमा उपस्थित हुनुभएको छ ।

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एमालेका सांसद सिलवाललाई लिएर धेरै थरी चर्चा भएको थियो । उहाँलाई प्रहरीले पक्राउ गरेर कारवाही प्रकृया अगाडि बढाउने धेरैको आंकलनलाई गलत सावित गर्दै उहाँलाई प्रहरीले सलाम ठोकेर संघीय संसदमा प्रवेश गराएका थिए । सिलवालमाथि कार्यसम्पादन मुल्यांकन किर्ते गरेको आरोप रहेको छ ।

आइतबार हुने शपथ ग्रहण र त्यसपछि एमाले माओवादी केन्द्रका सांसदको संसदमा प्रभावकारी उपस्थितिका लागि प्रशिक्षण आयोजना गरेको जनाइएको छ ।

प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्व सभामुखहरु सुवासचन्द्र नेम्बाङ र ओनसरी घर्ती मगरले एमाले र माओवादीका संघीय सांसदलाई प्रशिक्षण दिनुभएको थियो ।-उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर