काठमाडौँ,

नेकपा (एमाले) का नेता भरतमोहन अधिकारी अस्पतालबाट घर फिर्ता हुनु भएको छ ।

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा हर्नियाको शल्यक्रिया गराउनुभएका नेता अधिकारी आज चिकित्सकको सल्लाहमा घर फिर्ता हुनुे उहाँका स्वकीय सचिव महेश विष्टले जानकारी दिनुभयो ।
हर्नियामा समस्या आएपछि शुक्रबार उहाँ अस्पतालमा भर्ना भई शल्यक्रिया गराउनु भएको थियो । शल्यक्रियापछि उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

Views: 136


