Aamsanchar

केन्द्रीय कार्य ससमितिको बैठक मंगलबार

Author Image
आइतवार, फागुन २०, २०७४

काठमाडौँ, 

राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न भागमा छरिएका राप्रपा तथा विभिन्न राष्ट्रवादी मोर्चासँग एकीकरण गर्नेलगायत विषयमा छलफलका लागि केन्द्रीय कार्य सम्पदान समितिको बैठक मंगलबार बोलाएको छ ।

केन्द्रीय कार्यालय धूम्रबराहीमा दिउँसो १ः०० बजे बस्ने उक्त बैठकले मुलुकमा पछिल्लोपटक विकसित भएको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पूर्वपञ्च परिवेशका दलसँग एकताबद्ध भई बलियो संगठन निर्माणका लागि आवश्यक वातावरण तयार गर्नेछ ।

चुनावमा तीनवटा पार्टी भएर प्रतिस्पपर्धा गरेका कारण पराजय भोगेपछि एकताबद्ध भई मुलुकको संरचनाअनुसार देशैभर पार्टीका संगठन सुदृढीकरण अभियानका लागि सबै पार्टीका नेता तथा कार्यकर्ता क्रियाशील छन् ।

केन्द्रीय समितिको बैठक नबसेको बेलामा त्यसको सबै अधिकार कार्यसम्पादन समितिको बैठकले प्रयोग गर्ने हुँदा उक्त बैठकलाई महत्वपूर्ण मानिएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
पार्टीद्वारा वीरगञ्जमा गर्न लागिएको केन्द्रीय परिषद् भेलाको समेत तिथि निर्धारण गर्नेछ । महाधिवेशनपछिको ठूलो भेलाका रुपमा परिषद्लाई लिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर