Aamsanchar

मुख्य मन्त्री सुखानी पुग्दा ( फोटो फिचर )

Author Image
सोमवार, फागुन २१, २०७४

माओवादी केन्द्र र नेकपा एमाले झापा द्वारा शहिद दिवसको दिन आयोजित ४५ औं सुखानी शहिद स्मृति सभामा  शहिदको सम्झनामा आयोजित कार्यक्रमलाई दुई घण्टा निहाल्दा  दुई चार कुरा लेख्न  बाध्य बनायो ।

जंगलको विचमा रहेको खहरे खोल्सा र खोल्सै खोल्सा उकालो हुदैजाने गरुवा,इलाम बजार पुग्ने बाटोमै रहेको नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरू सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुईकेले सहादत प्राप्त गरेको स्थान इलाम जिल्लामा पर्ने सुखानीमा जिल्लाका विभिन्न तहका कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती देखिएको थियो ।

सभालाई सम्वोधन गर्न प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको उपस्थितिले अझ सर्वसाधारण, कार्यकर्ताहरु उत्साहित देखिन्थे तर आयोजकले मुख्य मन्त्री, जिल्लाका उच्च पदका कर्मचारी र जिल्लाभरीका नेता तथा कार्यकर्ता बोलाएको कार्यक्रमको व्यवस्थापनमा भने त्यती ध्यान पुराउन नसकेको त्याहाँ पुग्ने जो कोहिले देख्न सक्थे ।

तस्वीर आफै बोल्छ ।

मुख्य मन्त्री, मन्त्री, नेताहरु आशनग्रहण गर्ने मञ्ज,मौषमले साथ दियो कार्यक्रमको वेला हावा चलेन,

चलेको भए टाँगिएको समेना हाँवाले उडाउने निस्चित थियो ।

सामान्य हाँवाले उडाउन लागेको समेना । पृष्ठ भूमिका शहिद स्तम्भ ।

मुख्य मन्त्रीको मुखमै लगेर फेल्फी खिच्दै एक व्यक्ति ।

सम्झनामा डुवेका शहिद परिवारका सदस्यहरु ।

भाषण सुन्दै र नेतालाई निहाल्दै एक वृद्धा ।

शहिद रामनाथ दाहालकी पुत्री ग्रभागमा  बसेर कार्यक्रम हेर्दै

निर्धारित समय भन्दा दुई घण्टा ढिलो कार्यक्रम सुरु नभएपछी पट्यार मानेर बसेका जेष्ठ महिलाहरु ।

नव निर्मित शहिद स्तम्भ

पुरानो शहिद स्तम्भ।

शहिद स्तम्भ परिसरमा जम्मा भएका सर्वसाधारणहरु ।

पत्रकार तिर्थ सिग्देलको दोस्रो किताव पूर्वको राजनिती विमोचन गर्नुहुदै मुख्य मन्त्री ।

 

सब्द तस्वीर  : विनोद पाण्डे (कमल)/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)