Aamsanchar

झापा गोल्डकप झापालीको लागि विश्वकप जतिकै महत्व ( फोटो फिचर सहित )

Author Image
मङ्गलवार, फागुन २२, २०७४

झापा गोल्डकप झापालीहरुको लागि विश्वकप झै हुने गरेको छ । तिन बर्ष अघिबाट बर्षमा एक पटक भव्य व्यवस्थापनमा आयोजना हुदै आएको झापा गोल्डकप यस बर्ष पनि जारी भईरहेको छ । झापाका विभिन्न सहर र गाउँ गाँउवाट आउने दर्शकोको भिडका कारण विगतका बर्षहरुमा कहिले प्याराफिट भरिएर बस्ने ठाँउ नहुनु त कहिले प्याराफिटले भार थाम्न नसकेर भाचिएका घटना र यस बर्ष पनि उत्साहजनक दर्शकको उपस्थितीलाई आधार मान्दा झापाली हरुकालागि झापा गोल्डकप विश्वकप भन्दा कम महत्वको छ भन्न मिल्दैन ।

झापा गोल्डकपको आज चौथो दिन टाइब्रेकरमा भाग्यमानी सावित हुँदा मनाङ मस्र्याङदी क्लब तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले टाइब्रेकरमा सहारा क्लब पोखरालाई ४−३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलकै बिच आयोजक रमपम झापा ११ ले प्रतियोगिताको समापनका अवसरमा ७ जना खेलाडी अनुबन्धन गर्ने भएको छ । बिर्तामोडको सहारा अटोमोवाइल्सले डिफेन्डर देवेन्द्र तामाङ र निगाले सिमेन्टले योगेश गुरुङलाई झापा ११ का लागि अनुबन्धन गरेको हो । बिर्तामोडको कनकाइ फाउण्डेसन, कनकाइ नगरपालिका, प्रदिप इँटा उद्योग, होटल हिकोला हेरिटेज र मनसा सिमेन्टले एक−एकजना खेलाडी अनुबन्धन गर्ने सहमति गरेको झापा गोल्डकप आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए । अनुबन्धनमा परेका खेलाडीलाई ति कर्पोरेट हाउसले दुई बर्षसम्म मासिक २५ हजारका दरले पारिश्रमिक उपलब्ध गराउने शर्तमा सहमति गरेको उनले बताए ।

झापा ११ लाई ब्यवसायिक फुटबल क्लब बनाउन यस्तो शुरुवात गरिएको गिरीले बताए । उनले यो बर्षभित्र झापा ११ का सम्पुर्ण खेलाडीलाई अनुबन्धन गरेर टीममा स्थायित्व दिने जानकारी दिए ।
भोलीहुने खेलमा झापा ११ र सिक्कम फुटबल क्लव विच प्रतिस्पर्दा हुने आयोजकले बताएको छ ।

 

फोटो फिचर पनि हेर्नुहोस् 

मनाङ मस्र्याङदी क्लबका खेलाडीहरु

सहारा क्लबका खेलाडीहरु

खेल हेर्दै झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरी

टिकट काटेर खेल हेर्ने एक भाग्यमानी दर्शकलाई प्रदान गरिने नगर पाँचहजार ग्रहण गर्दै एक दर्शक ।

फोटो : विनाद पाण्डे कमल/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर