Aamsanchar

झापा गोल्डकपमा दर्शकको भिड, आर्मी सेमीफाइनलमा प्रवेश

Author Image
बिहिवार, फागुन २४, २०७४

बिर्तामोड । जर्ज प्रिन्स कार्कीको फ्रि किक गोलको मद्दतले त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा भएको गोल्डकपको आर्मीले नेपाल पुलीस क्लबलाई १−० गोलले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।

 

खेलको ४३ औं मिनेटमा पुलीसका डिफेन्डर अजित भण्डारीले आर्मीका नवयुग श्रेष्ठलाई डि एरिया नजिकै फल गरेका थिए । त्यसपछि प्राप्त फ्रि किकलाई आर्मीका कार्कीले पोष्टको दिशा दिएका थिए । कार्कीले पोष्टको देब्रे बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यही एकमात्र गोलको मद्दतले त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । सेमीफाइनलमा आर्मीले डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।
खेल अवधिभर पुलीसले आर्मीलाई दवावमा राखेको थियो । यद्यपी आक्रमण फितलो बन्दा पुलीसका लागि स्कोर भने हुन सकेको थिएन । खेलको १४ औं मिनेटमा पुलीका कप्तान भरत खवासले गरेको हेड पुलीसका गोल रक्षक शत्रुघन चौधरीले पञ्च गरेर फर्काए । त्यस्तै खेलको १८औँ मिनेटमा पुलिसका दिनेश राजवंशीले प्mिलक गरेको बल फितलो हुँदा आर्मीका गोलकिपर विकेश कुथूले सहजै रोकेका थिए ।

२७औँ मिनेटमा आर्मीका निरकुमार राईले प्रहार पोष्टको केही माथिबाट बाहिरिएको थियो । ३०औँ मिनेटमा पुलिसका रेजिन सुब्बाको हेड पनि बाहिरिएको थियो । ५९औँ मिनेटमा पुलिसले डिएरिया बाहिरिबाट पाएको फ्रिकिक आर्मीका डिफेन्सले गोललाइनबाट बचाएका थिए । ६५औँ मिनेटमा भरत खवासको क्रस पासमा जर्ज प्रिन्स कार्कीले गरेको हेड पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाएका थिए ।
८२औँ मिनेटमा अजित भण्डारीले गरेको हेड बल विकेश कुथुले बचाएका थिए । लगत्तै पुलिसको अर्को प्रहार पनि विकेशले बचाउँदा पुलिसले बराबरी गर्ने अवसर गुमाएको थियो । खेलको अतिरिक्त समयमा पदम तामाङले पाएको अवसर गुमाउँदा आर्मी गोलअन्तर बढाउन चुकेको थियो ।

खेलको म्यान अफ द म्याच आर्मीका गोलकर्ता जर्ज प्रिन्स कार्की घोषित भए । उनले नगद २५ हजार रुपैंयाँ पुरस्कार पाए । सो पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको हो । शुक्रबारको खेल रमपम झापा ११ र थ्री स्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।
खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै बिजेता टीम आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्ना केही खेलाडी घाइते भएका कारण अपेक्षित खेल पस्कन नसकेको बताए । खेलमा जित निकाल्नु महत्वपुर्ण हुन्छ, पुलीससँगको जित हाम्रो लागि सहज हो ।

पराजित टीम पुलीसका प्रशिक्षक अनन्त थापाले पुलीसले नयाँ टीम बनाउदै गएको हुनाले आजको प्रदर्शनमा अनुभवको कमी देखिएको बताए । खेलाडीले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नु परेको उनको भनाइ थियो ।
यसैबीच, गोल्डकपका संस्थापक सदस्य फुर्वा लामा र अन्तर्राष्ट्रिय झापाली समाज अष्ट्रलियाका अध्यक्ष दिनेश पोखरेलको पहलमा गोल्डकपको दोस्रो पुरस्कार स्पोन्सर गरिने भएको छ । गोल्डकप विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले छ लाख पाउनेछ ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 383

प्रतिक्रिया (०)

सम्बन्धित खबर