Aamsanchar

मुटु रोगीलाई ध्यानमा राखेर बीएण्डसी हस्पिटलले क्याथ ल्याब भित्र्यायो

Author Image
शनिवार, फागुन २६, २०७४

बिर्तामोड ।


झापाको बिर्तामोडमा रहेर विश्व स्तरीय सेवा प्रदान गर्दै आएको बी एण्ड सी टिचिङ्ग हस्पिटलले मुटु रोगीको उपचारमा ध्यान दिदैं क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ ।

मुटु रोग सम्बन्धि विशेषज्ञता हासिल गरेका डीएम कार्डोलोजिष्ट डाक्टर राजेश पञ्जियारले अब बी एण्ड सी हस्पिटलले मुटु रोगको सफलताका साथ उपचार गर्न सक्ने बताएका छन् । विश्व स्तरीय उपकरणहरु भएकाले मुटु रोगीले उपचारका लागी राजधानी तथा विदशे जानु नपर्ने बताएका छन् ।

मुटु रोगको उपचारमा संलग्न डाक्टर पञ्जियारले बीएण्डसीमा मुटुको सम्पूर्ण उपचार सुरु भएको भन्दै अबको दुई वर्ष भित्र हस्पिटलले मुटु फेर्ने सम्मका उपचार गर्ने उद्धेश्यका साथ चिकित्सकको टोली लागेको बताएका छन् । एनजियो ग्राफिक्स प्राविधि मार्फत विभिन्न उपचार गर्दै आएको हस्पिटलले क्याथ ल्याब सेवा सञ्चालन गरेसंगै आफ्नो मुटु कतिको स्वास्थ्य छ भन्ने चेक जाँच गर्न सकिने जानकारी दिएका छन् ।

विभिन्न रोगको सफल उपचार गर्दै आएको हस्पिटलले अत्याधुनिक उपकरण भित्र्यिाउने क्रम जारी रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिएका छन् । उनले भने–बीएण्डसी हस्पिटलमा विशेषज्ञ चिकित्सक सहित विश्वस्तरीय प्राविधि भित्रि रहेका छन् । यो हस्पिटल मेची अञ्चलकै साझा सम्पत्ति हो । यसको विकास र उन्नतीका लागी सबै एक जुट हुन जरुरी छ ।

बी एण्ड सी हस्पिटलसंग पूर्वका कुनै हस्पिटलले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै समृद्धिको सारथी बन्न पनि बी एण्ड सी ले ठूलो सहयोग गरेको कार्यकारी निर्देशक प्रसाईको भनाई छ । उनले मेची अञ्चलमा मुटु रोगको विशेषज्ञता हासिल गरेको एक मात्र डाक्टर भएको हस्पिटल बी एण्ड सी मात्र भएको दाबी समेत गरेका छन् ।

२८ करोड मुल्य बराबरको क्याथ ल्याब मेशिन ल्याएसंगै अब मुटु सम्बन्धि समस्याका विरामीको रोगको छिटो पहिचान गर्न सकिने कार्यकारी निर्देशक प्रसाईले बताए । उनले अब मेची अञ्चलका मुटु रोगीले अन्यत्र धाउनु पर्ने बाध्यताको अन्य भएको बताएका छन् । पछिल्लो समय दैनिक रुपमा मुटु रोगीको संख्या बढ्दै गइरहेका बेला अत्याधुकि उपकरण सहितको उपचार सुरु भएपछि पूर्वका मुटु रोगीलाई ठूलो राहत मिलेको मुटु रोग विशेषज्ञ डाक्टर पञ्जियारले बताएका छन् ।

हस्पिटलले शनिबार पत्रकार सम्मेलन गरेर मुटु रोगको उपचार पद्धति र बी एण्डसी मा भित्रिएका उपकरणको बारेमा जानकारी गराईको थियो । हस्पिटलले नशा सम्बन्धि पूर्ण उपचार सेवा समेत सञ्चालनमा ल्याएको जनाइएको छ । न्यूरो सर्जन डाक्टर पंकजराज नेपालले नशा च्यापिएको बिरामीको शल्यक्रिया गरेर उपचार गर्न सकिने बताएका छन् । उनले भने–नशा च्यापिएको अप्रेशन गर्दा प्यरालाईसेस हसन्छ भन्ने धेरैमा भ्रम छ तर नशाको सफल सल्यक्रिया गरेर उपचार गरेमा यो समस्याबाट छुटकरा पाउन सकिन्छ ।

मानिसको अत्यन्त संवेदनशिल अंग मध्ये टाँउको पनि एक भएकाले टाँउकामा नशा च्यापिएको या जस्तो सुकै उपचार पनि बीएण्डसी हस्पिटलमा हुन सक्ने जानकारी दिएका छन् । उनले वर्षमा एक पटक सबैले आफ्नो स्वास्थ्यको जाँच गराउनु पर्ने सुझाव समेत दिएका छन् । बीएण्डसी हस्पिटलमा जटिल प्रकृतिका शल्यक्रियाहरु समेत सफलता पूर्वका सम्पन्न भएको भन्दै अब उपकरणहरु विश्व स्तरीय भएकाले चिकित्सकलाई काम गर्न पनि सहज भएको उनको भनाई छ ।

सबै प्रकारका रोगहरुको सफलताका साथ उपचार गर्दै आएको बीएण्डसी टिचिङ्ग हस्पिटलले विश्वस्तरीय उपकरणका साथ विभिन्न विशेषज्ञ चिकित्सकहरु भित्र्यिाइ रहेको जनाइएको छ । मेची अञ्चलका झापासहित इलाम, पाँचथर,ताप्लेजुङ तथा मोरङ, सुनसरी, धनकुटा,तेह्रथुमका साथै भारतका विभिन्न स्थानबाट समेत उपचारका लागी बिरामीहरु आउने गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् । हस्पिटलले क्यान्सर रोगीलाई मध्यनजर गर्दै छुट्टै रुपमा पूर्वाञ्चल क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)