Aamsanchar

चलचित्र ‘बैना’ शुभमुहुर्त

Author Image
मङ्गलवार, फागुन २९, २०७४

नेपाली कथानक चलचित्र ‘बैना’ को झापाको चारआलीबाट शुभमुहुर्त गरिएको छ । चारआलीमा रहेको पाउ पाथिभरा मन्दिरमा मंगलबार चलचित्रको शुभमुहुर्त गरिएको हो ।
झापाका सञ्चारकर्मीहरुले चलचित्र छायांकनको शुभारम्भ गरेका थिए । फोटोपत्रकार बिनोद पाण्डेले क्यामेराको बटन थिचेका थिए भने, पत्रकार रविन भट्टराईले क्ल्याप अन गरेका थिए । अर्का सञ्चारकर्मी प्रेम आचार्यले नरिवल फोरेर बैनाको शुभसाइत गरेका थिए । झापाली निर्देशक दिलप्रकाश याक्सो ‘टाइगर’ को निर्देशनमा निर्माण हुने चलचित्रमा भुपेन्द्र लिङदेन र राजकुमार लिङदेन ‘राजु’ को प्रस्तुती रहने छ ।

६० लाख रुपैंयाको लागतमा निर्माण गरिने सो चलचित्रको छायाङकन शुरु गरिएको निर्देशक याक्सोले जानकारी दिएका छन् । झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्थुममा छायाङकन गरिने चलचित्रमा सो क्षेत्रका मौलिक पहिचानलाई समेट्दै प्रेम कथानक चलचित्र बनाउने अर्का निर्माता धनराज याक्सोले जानकारी दिए ।
चलचित्रको निर्माण नियन्त्रकमा कुमार सिलवाल, छायांकन बिक्रम डिसी, कथा बिजय केरुङ र संगित बिकास चौधरीको रहेको छ । द्धन्द भने राजु किराँतीले गर्ने जनाइएको छ । नेपाली लोक संस्कृतिमा आधारित संगित रहेको चलचित्रमा राजेश पायल राई, मेलिना राई, सुमन थाम्सुहाङ, सिमरन र राजकुमार लिङदेनको स्वर रहने छ । लिङदेन फिल्मस् प्रालीको पहिलो प्रस्तुतीका रुपमा बैना चलचित्र निर्माण हुन लागेको हो ।

चलचित्रमा सुवास मेचे, रञ्जिता लिम्बु, उदय सुब्बा, भुपेन्द्र लिङदेन, राजकुमार लिङदेन, पर्वत राई, बिना पालुङवा, रमा लिम्बु, जयकिशन बस्नेत, सुरविर पण्डित, कुमार आचार्य लगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ । चलचित्रको कथामा संस्कृतिसँगै हास्य बिधालाई समेत समेटिएको छ । हालसम्म निर्माण भएका नेपाली चलचित्रभन्दा फरक धारमा निर्माण गरिने भएकाले चलचित्र निर्माण सम्पन्न भएपछि दर्शकले मन पराउने अपेक्षा निर्माण पक्षको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)