Aamsanchar

ढिस्कोमा पुरिएर इञ्जिनियरसहित २ को मृत्यु

Author Image
बिहिवार, चैत १, २०७४

रामेछापको गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा माटोको ढिस्कोले पुरिएर इन्जिनियरसहित २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका निवासी अन्दाजी २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का अन्दाजी २५ वर्षीय राजु दुलाल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक राजकुमार थापाका अनुसार लिखु हाइड्रो पावर र स्थानीयको लगानीमा खनिएको सिवालय वाम्ति सडकको बाटो नाप्ने क्रममा बुधबार साँझ माथिबाट माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।

घटनास्थलबाट प्रहरी चौकी तथा हाइड्रो पावर समेत केही टाढा भएको कारण आधा घण्टा पछि मात्र उद्धार टोली घटनास्थलमा पुगेको थियो । प्रहरी चौकी शिवालयबाट पुगेको प्रहरी टोली र हाइड्रोका कर्मचारी तथा स्थानीयबासी समेतको मद्दतमा उनीहरुको शव घटनास्थलबाट निकालिएको थियो । दुवै शव पोस्टमार्टमका लागि बिहीबार विहान जिल्ला सदरमुकाम मन्थली ल्याइँदै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर