Aamsanchar

पूर्वका ट्यांकर मजदुरहरुको आन्दोलन स्थगित, भोलीदेखी तेल सहज हुने

Author Image
शुक्रवार, चैत २, २०७४

झापा।

आयल निगमले सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याउने निर्णय गरेपछि पेट्रोलियम पदार्थ ढुवानी बन्द गर्दै विरोधमा उत्रिएका ट्यांकर मजदुरहरुले आन्दोलन स्थगित गरेका छन् । आन्दोलन स्थगन भएसँगै पूर्वमा अभाव हुँदै गएको पेट्रोल र डिजेल अब सहज हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा शुक्रबार आयाल निगमका कर्मचारी, ट्यांकर मजदुर संघका पदाधीकारी, डिलर्स एसोसिएसनका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीसहितको वार्तापछि ट्यांकर मजदुरहरुले आन्दोलन स्थगित गर्न सहमत भएका हुन् । मजदुर संघले निगमलाई बुझाएका १५ बुँदे माग सबैभन्दा पहिला सुनुवाई हुनुपर्ने माग राखेका थिए । वार्तामा सात सदस्यीय तलब भक्ता समायोजन समिती गठन गरिएको छ ।

मेची डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नविन कोइरालाको संयोजकत्वमा मजदुर, आयल निगमका कर्मचारी र डिलर्स पदाधिकारी सम्मिलित समिती गठन गरिएको हो । समितीले मजदुरका मागका सम्बन्धमा केन्द्रमा जानकारी गराई कार्यान्वयनका लागि पहल गर्ने सहमती भएको टेंकर इकाई कार्यालय चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले बताए । ‘तेल चोर्न पाएनन् अनि बन्द गरे भन्ने बाहिर हल्ला चलाइएको छ’ दुलालले भने, ‘हामीले विगतमा आयल निगमसँग गरेको सम्झौताको कार्यान्वयन खेजेका हौं, मजदुरलाई मार परेकाले बोलेका हौं ।’ उनले मजदुरको तलब भक्तामा वृद्धि हुने र सहमती कार्यान्वयनका लागि पहल गरिने प्रतिबद्धता आएकाले आन्दोलन स्थगित गरिएको बताए ।

आन्दोलन स्थगित भएसँगै सिलीगुढी डिपोबाट झापासहित पूर्वका चार जिल्लामा शनिबारदेखी पेट्रोलियम पदार्थ ढुवानी हुने भएको छ । विगत दुईदिन देखी ट्यांकर मजदुर आन्दोलित हुदा पूर्वमा पेट्रोल र डिजेल अभाव भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर