बिर्तामोड ।
शान्तिपुर–झापा एकता समाजको अध्यक्षमा ज्ञानेन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । झापाको बिर्तामोड स्थित कनकाई कलेजमा सोमबार भएको बृहत भेलाले अधिकारीलाई सर्वसम्मत चयन गरेको हो ।
११ सदस्य समितिको उपाध्यक्षमा शेखर कार्की, सचिव नरेन्द्र ढकाल,कोषध्यक्षमा प्रविन खड्का र सह–सचिवमा विजया साउदेनलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा शम्भु दाहाल, प्रेमकुमार राई, मिलन चाम्लिङ,तोया तिम्सिना,नवीन कार्की र सीता आर्चाय भट्टराई चयन भएका छन् ।
भेलाले समाजको नाम परिर्वत गर्दै विधानलाई सर्वसम्मत रुपमा अनुमोदन समेत गरेको छ । इलामको तत्कालिन शान्तिपुर गाविसमा जन्मेर झापाका विभिन्न स्थानमा बसोबास गर्दै आएकाहरुले सामाजिक सेवा गर्ने उद्धेश्यले निर्माण गरिएको उक्त संस्थाले झापा र शान्तिपुर जोड्दै पुलको काम गर्ने बताइएको छ ।
विधान मस्यौदा समितिका संयोजक ज्ञानेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बुधबारे गाविसका पूर्व गाविस अध्यक्ष खडानन्द वाग्लेको प्रमुख आतिथ्य रहेको थियो । शान्तिपुर गाविसका पूर्व गाविस अध्यक्ष खगेन्द्र अधिकारी, समाजसेवी नारद खनाल, नरेन्द्र तिम्सिना, श्याम कार्की, टंक वाग्ले, कुमार आर्चाय, विरेन्द्र अधिकारी, सुरेन्द्र दाहाल लगायतको आतिथ्य रहेको थियो ।
आफ्नो जन्मभूमीको विकासका लागी भेला आयोजना गरिएको भन्दै शान्तिपुरको विकास र प्रचारप्रसारमा सबैले हातेमालो गर्नुपर्नेमा अतिथीहरुले जोड दिएका छन् । अग्रजहरुबाट शान्तिपुरको इतिहासलाई समेट्न आग्रह गर्दै एकता समाज निर्माण गर्ने काम थाल्नु शान्तिपुर र झापाकै लागि ऐतिहासिक काम भएको चर्चा गरिएको थियो ।
शान्तिपुरमा पर्यटनको सम्भावना प्रचुर रहेको भन्दै त्यसको विकासका लागी एक जुटहुनुपर्ने सबैको धारणा रहेको थियो । उपस्थित सबैलाई शैलेस भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन नरेन्द्र ढकालले गरेका थिए । समाजले सामाजिक क्षेत्रमा काम गर्ने तथा कुनै अप्ठ्यारो अवस्थामा एक दरबिलो छहारीको रुपमा विकास गर्न यो संस्था गठन गरिएको जनाइएको छ ।
यस अघि संस्थाको नाम शान्तिपुर–झापा एकता मञ्च नामाकरण गरिएपनि मञ्चले राजनीतिक आभास दिने भन्दै सर्वसम्मत रुपमा शान्तिपुर–झापा एकता समाज गठन गरिएको हो । जसलाई साझा समाजले चिन्न सकिने जनाइएको छ । तत्कालिन शान्तिपुर गाविस हाल रोङ गाँउपालिका १ र २ रहेको छ ।