चारपाने, चैत्र ५ । केहिदनि देखि झापामा उत्पन्न पेट्रोलियम पदार्थ आयतमा आएको समस्या समाधान भएको छ ।
भारतको शिलिगुडीवाट झापाको चारआली स्थित नेपाल आयल निगमको डिपुमा आयात हुदै आएको पेट्रोलियम पदार्थमा हुने चुवावट रोक्न र व्यवसायलाई मर्यादित बनाउन सरकारले ट्यांकरमै लकिङ प्रणाली लागू गरेपछी झापामा ट्याङक ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मेची पेट्रोलियम डिलर्स एशोसियसन र ट्याङकर इकाई चारआली विच उत्पन पेट्रोलिय पदार्थ आयातमा केहिदिन देखि देखिएको समस्या समाधान भएको हो ।
सोमबार चारआलीमा समस्या समाधान गर्न नेपाल आयल निगम चारआली शाखाका प्रमुख सुमन कार्कीको रोहवरमा चार वटै संघ, संगठनका प्रमुख प्रतिनिधी विच बसेको छलफलले एक आपसका मागलाई सम्वोधन गर्ने निर्णय भएपछी समस्याको समाधान भएको छ ।
मेची पेट्रोलियम डिलर्स एशोसियसनको माग नेपाल आयल निगम चारआलीवाट विक्रेता सम्म ल्याउदा पनि आन्तरिक लकिङ सिस्टम लागु गर्ने, ट्याङकर इकाईको माग आन्तिरिक लकिङ सिस्टमवाट पनि चुवावट भए बिक्रेता जिम्मेवार हुने, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको माग कुनै गल्ती कम्जोरी भए सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा कार्वाही गर्ने , आयल निगम चारआलीमा परिक्षण पस्चात एशोसियसनका प्रतिनिधीवाट आन्तिरिक लकिङ गर्ने निर्णयमा सहमती भएपछी झापामा पेट्रोलियम पदार्थमा भएको ढुवानी समस्या हल भएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 165