Aamsanchar

स्वास्थ्यका लागि हस्तमैथुन कति ठिक कति वेठिक

Author Image
सोमवार, चैत ५, २०७४

हस्तमैथुनको विषयलाई लिएर पूर्वीय र पाश्चात्य विज्ञहरूले आ–आफ्नो धारण व्यक्त गरेका छन् । यी दुई धारणाले गर्दा आम युवा तथा युवती भ्रमित अवस्थामा छन् । कसैले यसलाई निकै गलत सम्झेका छन् भने कसैले अपरिहार्य ।

तर, विज्ञानले भने यसलाई गलत नभई स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक तथा कतिपय अवस्थामा सामान्य मानेका छन् । हस्तमैथुनसँग जोडिएका कति कुरा हामीले समयमै बुझ्न सक्नुपर्छ । जसले गर्दा भ्रमबाट मुक्त हुन पाइयोस् ।

के हो त हस्तमैथुन ?
आफैंले आफैंलाई यौनतृष्णा मेटाउन आफ्ना निजी अंगलाई छुनु र यसलाई मैथुन गरी सन्तुष्टि प्राप्त गर्नु नै हस्तमैथुन हो ।

यसलाई कसरी र कुन तरिकाले कहाँ गर्ने भन्ने कुराको ठेगान स्वयं हस्तमैथुन गर्नेले बुझ्नुपर्ने पश्चिमाहरु बताउँछन् । त्यसबेला आउने सोचले मानिसले आफ्नो हस्तमैथुनलाई सार्थक र पूर्ण सन्तुष्ट बनाउन सक्छन् ।

के हस्तमैथुन गलत हो ? 
माथि उल्लेखित कुरालाई आधार मान्दा हस्तमैथुनलाई गलत नजरले हेर्नु राम्रो मानिदैन । बरु यो त आम मानिसको यौनतृष्णा मेटाउने एउटा गतिलो उपाय भन्न सुहाउँछ ।

आजको युग वैज्ञानिक, प्रविधिको युग भएका कारण पनि अब यसलाई सामान्य लिई निजी मामला सम्झनुपर्ने विज्ञहरूको धारणा छ ।

मन नभएको बेला जबर्जस्ती हस्तमैथुन गर्नुचाहिँ बरु असामान्य र स्वास्थ्यका हिसाबले अनुपयुक्त हुन सक्छ । 
सार्वजनिक स्थानमा गरियो या भयो भनेचाहिँ यससलाई गैरकानुनी मान्न सकिन्छ ।

हस्तमैथुनप्रतिको धारणा र यसका फाइदा
हाम्रो समाजमा यसलाई पाप भन्ने चलन यद्यापि छ । तर, कतिपयले आर्फैले आर्फैलाई सन्तुष्ट दिलाउन गरिने उपायलाई पाप भन्न नमिल्ने बताएका छन् । 
तर, खासमा यो पाप नभई आत्मरति पूरा गर्ने सजिलो उपाय बनेको छ, युवावर्गका लागि यसले यौन चाहना पूरा गर्न नसकेको खण्डमा बिना तनाव शारीरिक सुख प्रदान गर्ने गर्छ ।

कसैले हस्तमैथुन गर्नाले आँखाको तेजशक्ति कम हुने र कालान्तरमा निकै समस्या आउने भनी तर्साएका पनि पाइन्छ । तर, यो विल्कुल गलत सोचाइ हो । जसलाई अहिलेसम्म स्वास्थ या विज्ञानले प्रमाणित गर्न सकेको छैन ।

बरु यसले त आम मानिसको तनाव कम गराई शारीरिक सुख प्रदान गर्ने गर्छ । जसबाट कसैले पनि आनन्द लिन सक्छन् । थकानका कारण चाँडै निन्द्रा लाग्ने गर्छ ।

यसलाई कतिपय स्वास्थ्यकर्मीले त दैनिक शारीरिक सम्बन्धसँग जोडेरसमेत हेर्ने गरेका छन् ।

जसका कारण कुनै समस्या नहुने पनि बताएका छन् ।  बरु सुरक्षित र सामान्य तरिकाले यसलाई निजी रुपमा प्रयोग गर्नु उचित हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)