Aamsanchar

प्रधानमन्त्रीकै गृह जिल्लामा वाँसे पुलको भर

Author Image
शनिवार, चैत १०, २०७४

झापा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री भएपछि बसेको मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय थियो–दुई वर्ष भित्र देशभरको तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने । तर, उनी दोस्रो पटक प्रधानमन्त्री भइसक्दा समेत न त देशभरको तुइन नै विस्थापन भए न त झोलुङ्गे पुन नै मर्मतमा तदारुपता देखाए । पश्मिच नेपालमा भौगोलिक विकटता भएपनि सुदुर पूर्वका जिल्लामा खासै विकटता पाइनन् । त्यसमध्ये पनि प्रधानमन्त्री ओलीको गृह जिल्ला हो झापा । उनी झापा क्षेत्र नम्वर ५ वाट निर्वाचित बन्दै दोस्रो पटक प्रधानमन्त्री समेत बनिसकेका छन् ।

भौतिक र आर्थिक रुपमा समेत अब्बल कहलिएको झापा जिल्लाका बिभिन्न खोला तथा नदिहरुको दक्षिणी भेगमा अझै पनि कयौं भाटे पुल छन् भन्दा पत्यार नलाग्न सक्छ तर झापाका दक्षिण क्षेत्रमा बाँसका पुलहरु रहेका छन् । जसका कारण त्यहाँका बासिन्दा हरेक वर्षको बर्खा याममा सास्ती भोग्न बाध्य छन् ।

पूर्व पश्चिम राजमार्ग भन्दा करिव ३५ किलोमिटर दक्षिणमा पर्ने गौरिगञ्ज गाउँपालिकाको वडा नं २ मा पर्ने कोरोवारी गाउँ रहेको छ । छेउमा नै रहेको किस्ने खोलामा अहिलेसम्म पनि ब्यवस्थित पुल नहुँदा बर्खाको समयमा त्यहाँ स्थानीयले वर्षेनी सास्ती खेप्नुपरेको छ । बाँसको पुल बनाएर वारीपारी गर्नुपरेको त्यो पनि वर्खामा खोलामा आउने बाढीले बगाउने गरेको छ । एउटा पुल निर्माण गर्ने तर्फ कसैको ध्यान जान नसकेको स्थानीयले दुखेसो पोखेका छन् ।

बाँसे पुलको भरमा बजार तथा विद्यालय ओहोरदोहोर गर्नु परेको भन्दै वर्षमा त्यो पनि नपाइने स्थानीयको भनाई छ । त्यहाँका बासिन्दालाई हिउँद भन्दापनि बर्खाकै पिरलो हुने गरेको छ । बर्खामा वारीपारी गर्नुपरे गाउँलेहरु आफै मिलेर नाउँ बनाएर वारी पारी गर्ने गरेको जानकारी दिएका छन् । उक्त क्षेत्रमा मात्रै चार देखी पाँच ठाउँमा बासको भाटाबाट बनाइएको पुल रहेका छन् । तर गौरिगञ्ज गाउपालिकाले भने यस्ता भाटे पुलहरु अबको १ बर्षभित्रमा बिस्थापित गराईसक्ने लक्ष्य राखेको छ । सुगम जिल्ला मानिएको झापाको दुर्गम स्थानहरुमा अझैपनि यस्ता धेरै समस्याहरु बिद्यमान नै रहेको भन्दै स्थानीयले यो विषयमा जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर