Aamsanchar

अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना

Author Image
शनिवार, चैत १०, २०७४

इलाम,

गरिब, असहायलगायत लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा दिन इलाम अस्पताल इलाममा सामाजिक सेवा एकाइ स्थापना भएको छ ।

आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने हकबाट नागरिकलाई वञ्चित हुन नदिन यस्तो एकाइ स्थापना गरिएको हो । सरकारले आव ०६९÷७० देखि जिल्ला अस्पतालभन्दा माथिका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा एकाइ राख्ने निर्णय गरेको थियो ।

एकाइबाट गरिब, असहाय, अपाङ्गता, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा प्रभावित, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्ति, शहीद परिवार, कुपोषित बालबालिका, प्रहरीबाट ल्याइएका थुनुवा, दुर्घटनामा परेका अभिभावक विहीन बिरामीले सेवा पाउने छन् । लक्षित बर्गमा परेका बिरामीले गाउँपालिका वा नगरपालिकाबाट सिफारिस आउनुपर्नेछ ।

इलाम अस्पतालमा एकाइबाट हालै सेवा सुरु गरिएको सामाजिक सेवा एकाइ ब्यबस्थापन समिति प्रमुख बाचस्पति भट्टराईले जानकारी दिनुभयो ।

बिरामीहरुलाई २५ प्रतिशतदेखि शतप्रतिशत सम्म छुट दिइने वताइएको छ । अत्यन्तै गरिब असाह्यलाई इलाम अस्पतालबाट जिल्ला बाहिरका अस्पतालमा रेफर गर्नुपरेमा सो अस्पतालसम्म पु¥याउन एम्बुलेन्सको पनि निःशुल्क व्यवस्था रहने बताइएको छ । स्वाथ्य सेवा सबैको पहुँचमा पु¥याउन सरकारले विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार भएको र सबैको पहुँचमा पु¥याउनु सरकारको दायित्व पनि रहेको छ । यो सेवा उपलब्ध गराउन थालेपछि सरकारबाट इलाम अस्पताललाई चालु आर्थिक वर्षको लागि रु. नौ लाख ५९ हजार बजेट बिनियोजन गरेको छ ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर