Aamsanchar

जननाट्य मञ्च झापाको अध्यक्षमा कृष्ण

Author Image
शनिवार, चैत १०, २०७४

बिर्तामोड ।


नेकपा एमाले सम्बद्ध जनबर्गिय संगठन जनसास्कृतिक माहासंघ मातहतको जननाट्य मञ्च झापाको गठन भएको छ।

झापाको बिर्तामोडमा एक कार्यक्रमका बिच नाट्यकर्मी कृष्ण अनमोलको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो।नव गठित समितिको उपाध्यक्षमा माया सिटौला सचीवमा बिमला चिमरिया यस्तै सदस्यमा लवकुश गौतम, सरोज पौडेल, माधव सिटौला, रुकु मिश्र ,मधु खनाल,गजेन्द्र पृथक, पृया दास लगाएत रहेका छन् ।

नेपाल जनसार्कृतिक माहासंघ झापाका अध्यक्ष मोहन बि क को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रास्ट्र संघीयतामा गएसगै देशभरका रङ्गकर्मिहरुको कला र क्षमतालाई प्रस्फुटित गरि समाजका बिकृती बिसङगतीलाई हटाउदै नाट्य कलाको माध्यमबाट समाजमा सकारात्मक सन्देश दिने उदेश्यले नाट्य कर्मिलाई संघठित गरीएको सदस्य लवकुश गौतमले बताउनुभयो।

माया सिटौलाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन बिमला चिमरीयाले गर्नु भएको थियो।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर