Aamsanchar

स्याउको पनि तस्करी, प्रहरीद्धारा ३ सय केजी स्याउ बरामद

Author Image
शनिवार, चैत १०, २०७४

भद्रपुर ।

नेपाल–भारतको सीमावर्ती नाकामा तस्करी बढेसँगै भद्रपुरमा प्रहरीले निगरानी बढाएको छ ।

नेपालबाट भारत र भारतबाट नेपालतर्फ भन्सार छली तस्करीको माध्यमबाट लैजादै गरेको अवस्था प्रहरीले लत्ताकपडा, हाडवेयरका सामान र स्याउ बरामद गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर र सीमा तैनाथ सशस्त्र प्रहरीको टोलीले संयुक्त रुपमा भद्रपुर ४ स्थित डाँगीबारीबाट शुक्रवार विहान ३ सय केजी स्याउ बरामद गरेको छ ।

३५ हजार मुल्य बराबरको स्याउसहित संयुक्त प्रहरी टोलीले तस्करीमा प्रयोग गरिएको ५ थान साइकल समेत नियन्त्रणमा लिएको वडाका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

उनका अनुसार स्याउका झोलालाई साइकलमा लोड गरी भारत तर्फ तस्करी गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । त्यस्तै सोही नाकाबाट नेपालतर्फ भन्सार छलेर नेपाल भित्राइएको २० हजार मुल्य बराबरको लत्ताकपडा र हाडवेयरका सामान बरामद गरिएको उनले बताए । पछिल्लो समयमा सो नाकाबाट तस्करीको गतिविधि फस्टाएसँगै प्रहरीले सक्रियता बढाएको हो ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर