Aamsanchar

ईयूलाई देश निकाला गर्न राष्ट्रिय जनमोर्चाको माग

Author Image
आइतवार, चैत ११, २०७४

काठमाडौं :

राष्ट्रिय जनमोर्चाले युरोपियन युनियनले देशको सार्वभौमिकतामाथि हस्तक्षप गरेको भन्दै देश निकाला गर्नुपर्ने माग गरेकाे छ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा युरोपियन युनियनको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन प्रतिवेदन र राजदुतहरुले कुटनीतिक आचारसंहिता विपरीत गरेको भेटघाटबारे गम्भीर आपत्ति जनाइएको छ।

‘हाम्रो समाज र राष्ट्रमा विग्रह र विखण्डन ल्याउने कार्यप्रति हामी गम्भीर बन्नुपर्छ। आवश्यक परे उनीहरुलाई देशबाट निस्कासन पनि गर्नुपर्दछ। विश्वका कतिपय देशले आफ्नो देशको स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितलाई ध्यानमा राखी त्यसो गरेका उदाहरण हाम्रा अगाडि छन्।’ विज्ञप्तिमा भनिएको छ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर