Aamsanchar

आखाँको शिविरमा दुईसय ८६ को उपचार

Author Image
आइतवार, चैत ११, २०७४

इनरुवा, 

सुनसरी सदरमुकाम इनरुवा–१० जल्पापुरमा शनिबार सम्पन्न भएको निःशुल्क आँखा शिविरमा १८ जना मोतिया बिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको छ ।

हाम्रो सञ्जाल नेपालको आयोजना र विराटनगर आँखा अस्पतालको संयोजनमा शिविर सम्पन्न भएको थियो । सम्पन्न शिविरमा २८६ जनाको आँखा परीक्षण गरेकामा १८ जनालाई मोतियाबिन्दु देखिएकाले थप उपचार र शल्यक्रियाका लागि छनोट गरिएको आयोजक हाम्रो सञ्जाल नेपालका अध्यक्ष सितोष पोखरेलले जानकारी दिनुभयो ।

छनोट भएका १८ जनालाई शल्यक्रियाका लागि विराटनगर आँखा अस्पताल पठाइएको आयोजकले जनाएको छ ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर