Aamsanchar

के हेर्दैछ यातायात कार्यालय ? नक्कली ‘ब्लुबुक’ बनाउने गिरोह पक्राउ

Author Image
आइतवार, चैत ११, २०७४

बिर्तामोड।

पछिल्लो समय झापामा दैनिकजसो मोटरसाइकल चोरी भइरहेका बेला चोरीमा संलग्न गिरोहले नक्कली ब्लुबुक (सवारी दर्ता किताब) बनाउने गरेको खुलासा भएको छ ।

यातायात व्यवस्था कार्यालय मेचीको लापरवाहीका कारण चोरीमा सम्लग्न गिरोहले यातायात कार्यालयकै छाप प्रयोग गरेर सवारी दर्ता किताब बनाउने गरेको खुलासा भएको छ । यातायात कार्यालयको जुनसुकै फाँटमा सजिलैसँग पुग्न सक्ने दलालका कारण चोरीमा संलग्न गिरोहले उनीहरुलाई प्रयोग गरेर सवारी दर्ता किताब बनाएको प्रहरी स्रोतको दाबी छ ।

नक्कली सवारी दर्ता किताब बनाउने गिरोहमध्येका एकजनालाई प्रहरीले नक्कली सवारी दर्ता किताबसहित पक्राउ गरेपछि उक्त घटना खुलासा भएको हो । प्रहरीले नक्कली सवारी दर्ता किताब बनाउने गिरोहमा संलग्नलाई पक्राउ गरी सरकारी छाप दस्ताखत किर्ते अन्तरगत मुद्दा चलाउने तयारी गरिरहेको बताइएको छ । शुक्रबार पक्राउ परेका उनीहरुलाई सोमबार म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार बनियानीबाट नक्कली सवारी दर्ता किताब र मोटरसाइकलसहित एक व्यक्तिलाई पक्राउ गरिएको र उनकै वयानका आधारमा यातायात कार्यालयमा दलाली काम गर्ने अर्का एक व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

नक्कली सवारी दर्ता किताब बनाउन अन्य व्यक्ति पनि संलग्न रहेको आशंकाका कारण उनीहरुको खोजी कार्यमा वाधा हुने भन्दै प्रहरीले उनीहरुको नाम गोप्य राखेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)