Aamsanchar

शिक्षकमा खुला प्रतिस्पर्धाको माग राख्दै अनशन

Author Image
सोमवार, चैत १२, २०७४

काठमाडौँ, 

शिक्षक सेवा आयोगले यही चैत २३ गते लिन थालेको शिक्षकको आन्तरिक परीक्षा स्थगित गर्नुपर्नेलगायत विभिन्न आठबुँदे माग राख्दै विद्यार्थी संघर्ष समिति नेपालले आजदेखि आमरण अनशन बसेका छन् ।

माइतीघरमण्डलामा उनीहरुले शिक्षा ऐन २०२८ नवौँ संशोधनबमोजिम आन्तरिकतर्फ मात्र परीक्षा लिन थालेकाले त्यसमा दक्ष जनशक्तिले प्रतिस्पर्धा गर्न नपाउने भन्दै परीक्षा स्थगित गर्न माग गरिएको समितिका संयोजक पुष्कर शर्माले बताउनुभयो ।

उहाँले परीक्षा स्थगित गरी खुला प्रतिस्पर्धाबाट दक्ष जनशक्ति राख्नुपर्नेमा पनि जोड दिनुभयो । विसं २०७२ असोज पछाडि रिक्त रहेका पदसमेत समावेश गरी पदपूर्तिका लागि खुला विज्ञापन गरिनुपर्ने, प्रत्येक वर्ष शिक्षक सेवा आयोगले खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि विज्ञापन खुलाउनुपर्ने, अध्ययन अनुमतिपत्र रहेका वर्ष खुलाउनुपर्ने माग समितिको छ ।

यस्तै शिक्षा ऐन २०२८ नवौँ संशोधन राष्ट्रको हितमा नरहेकाले तत्काल खारेज गर्नुपर्ने, सम्पूर्ण सरकारी कर्मचारी तथा शिक्षकको आफ्ना छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेत बन्द गर्नुपर्ने लगायतका माग समितिले राखेका छन् ।

हेमराज थापा, राजन लम्साल, रामचन्द्र शाही, मिलन बास्तोला र शशांक बोहरालगायत अनशनमा बस्नुभएको छ । यता अस्थायी शिक्षक पनि विगत छ दिनदेखि आफूहरुलाई सामान्य प्रक्रिया पु¥याएर स्थायी गर्न माग राख्दै अनशन शुरु गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर