Aamsanchar

सेनाको पुर्वी पृतनामा दुई सैनिकको रहस्यमय मृत्यु

Author Image
मङ्गलवार, चैत १३, २०७४

इटहरी,

सुनसरीको इटहरीस्थित नेपाली सेनाको पुर्वी पृतनामा कार्यरत दुइ सैनिकको रहस्यमय मृत्यु भएको छ ।

पृतनाभित्र रहेको पोखरीमा अचेत अवस्थामा फेला परेपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याइएका ३० बर्षीय मदन विक र दोलखवहादुर चन्दको मृत्यु भएको हो ।

अस्पताल पुर्‍याउँदा उनीहरुको मृत्यु भइसकेको अस्पतालले जनाएको छ । विक र चन्दको मृत्युको कारण खुलेको छैन । उनीहरुको ठेगाना र सैनिक पद पनि खुलाइएको छैन । सामान्यतया सैनिकहरुलाई पौडी खेल्न सिकाइने भएकाले डुुबेर मृत्यु भएको हो वा होइन भन्ने विषय नै शंकास्पद भएको एक चिकित्सकले बताए ।

राती माछा मार्न प्रयोग गरिएको करेण्टको कारण उनीहरुको घट्ना स्थलमा मृत्यु भएको बताइएपनि पृतनाको पोखरीमा माछा मार्न करेन्ट लगाइरहनुपर्ने आवश्यकता समेत नभएकोले सो घट्ना झनै रहस्यमय बनेको छ  । मृत अवस्थाका सैनिकलाई स्थानीयले देखेको भनिएपनि पृतनाभित्र सर्वसाधारणलाई प्रवेश निशेध भएकाले सो तर्क समेत शंकास्पद देखिएको  छ।

उनीहरुको मृत्युको कारण पोष्टमार्टम र डाइटम टेस्ट पछिमात्र खुल्ने चिकित्सकले बताएका छन् । तर नेपालमा डाइटम टेस्ट गर्ने दक्ष फरेन्सीक चिकित्सकहरु भएपनि प्रविधि नभएकाले विदेशको फरेन्सिक ल्यावमा लैजानु पर्ने चिकित्शकले बताएका छन् । -रेडियो कान्तिपुरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर