Aamsanchar

जलेर घर नष्ट

Author Image
मङ्गलवार, चैत १३, २०७४

चितवन,

घर नजिकैको सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा आज दिउँसो माडी नगरपालिका–९ कृष्णनगरमा एक घर र गोठ जलेर नष्ट भएको छ ।

नजिकैको टमटा अनार सामुदायिक वनबाट निस्किएको आगोले सुनिता विकको घर र गोठ जलेर नष्ट भएको हो ।

आगलागीबाट रु दुई लाख ६५ हजार मूल्य बराबरका धनमालको क्षति भएको इप्रका माडीले जनाएको छ । आगो स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर