Aamsanchar

पार्टी नसचिए आउँदा दिनमा ठूलो दुर्घटना

Author Image
मङ्गलवार, चैत १३, २०७४

धुलावारी ।

नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधिहरुले पार्टी अब नयाँ ढाँचामा सञ्चालन नभए आउँदा दिनमा ठूलो दुर्घटना बेहोर्नु पर्ने बताएका छन् । मंगलवार धुलावारीस्थित क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनमा सहभागि प्रतिनिधिहरुले ६० वर्ष पहिलेकै ढाँचामा पार्टी सञ्चालन हुनु दुर्भाग्य भएको बताए ।

उनीहरुले पार्टीको नेतृत्व पङ्क्तीको कमजोरीका कारण गएको प्रदेश तथा प्रतिनिधि सभामा हार बेहोर्नु परेको बताएका छन् । नेतृत्व पङ्क्तीले सबै सदस्यहरुलाई परिचालन गर्न नसक्नुले हार बेहोर्नु परेको बताएका थिए । ‘तातै खाउँ जलि मरु’ भने झै निर्वाचनका बेलामा मात्र पार्टी सदस्यहरुलाई सम्झने अनि अरु बेला खोजी नीति नै नगर्नु पनि हारको मुख्य कारण रहेको औल्याएका थिए ।

उनीहरुले अब जे जति कमजोरीहरु भए त्यसलाई बिर्सेर नयाँ ढाँचाका साथ टोल नगर, गाउँदेखि पार्टी सदस्य र भातृ संगठनहरुलाई क्रियाशील बनाएर लानु पर्ने सुझाव दिए ।नगर अधिवेशनको २५ महिनापछि ४ दिन अघि मेचीनगर समितिको अधिवेशन सम्पन्न भएको थियो । त्यसको लगत्तै मंगलवार क्षेत्रीय अधिवेशन भएको हो । यो अधिवेशनलाई पार्टी पङक्तीले निकै महत्वका साथ हेरेका छन् । पार्टीलाई सुदृढीकरण गराउँदै आगामी दिन अझ परिस्कृत गर्दै लैजानका लागि पनि यो अधिवेशन सार्थक हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिनिधि सभाका उम्मेद्वार एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा गृह जिल्ला भन्दा बाहिर भएका बेला दुई वटै अधिवेशन सम्पन्न भएका छन् । जुन अधिवेशनको मुख्य जित्ने थुप्रै आधार हुँदा हुँदै पनि पार्टीभित्रैको किचलोका कारण हार बेहोर्नु परेको सहभागिले बताएका छन् । सहभागि प्रतिनिधिले काङग्रेस राजनीति त्यागको भन्दा पनि पैसाको पछि लागेर जसले खर्च गर्न सक्छ उसैले टिकट पाउने प्रवृतिका कारण पनि कार्यकर्ताहरुमा नैराश्यता आएको बताएका थिए ।

‘पार्टी अब नयाँ ढाँचामा चल्नु पर्छ’ सहभागि प्रतिनिधिले भने–‘अब ६०÷७० वर्ष अघिको कुरा गरेर अनि वीपी कोइरालको सिद्धान्तको कुरा गरेर मात्र परिचालन हुँदैन । पार्टी बलियो बनाउन सबै भातृ संगठनहरुलाई क्रियाशील बनाएर लैजानु पर्छ ।’

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर