Aamsanchar

भावी प्रधानन्यायाधीशका लागि तीन न्यायाधीशको नाम

Author Image
मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ,

न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ ।

परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको निर्णय गरेको परिषद्का सदस्य पदम वैदिकले जानकारी दिनुभयो ।

पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि प्रधानन्यायाधीश पद रिक्त छ । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको पुग्नुपर्ने कानूनी व्यवस्था छ । जोशी, मिश्र र राणाले तीन वर्ष काम गरिसक्नुभएको छ ।

नेपालको संविधानमा न्याय परिषद्ले पठाएको न्यायाधीशहरुको अभिलेखअनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने व्यवस्था छ ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर