Aamsanchar

एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कारबाट सुब्बा पृरस्कृत

Author Image
शुक्रवार, चैत १६, २०७४

बिर्तामोड,

प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कारवाट दमकका पत्रकार विष्णु सुब्बा पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवसका अवसर पारेर आज विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच पत्रकार सुब्बा पुरस्कृत भएका हुन् । सुब्बा जिल्लाका एक पुराना पत्रकार मानिन्छन् । पत्रकारिता क्षेत्रमा योगदान पु¥याँएवापत उनलाई नगद,सम्मान सहित पुरस्कृत गरिएको हो ।

पुरस्कारको राशी नगद २१ हजारसहित सम्मान पत्र रहेको छ । सो सम्मान प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले हस्तान्तरण गरेका थिए । सो पुरस्कार विगत २०६२ सालदेखि पत्रकार महासंघ झापा शाखाले वितरण गरिआएको छ ।

यसैगरि सोहि अवसरमा एलएल शर्माकी धर्मपत्नी पार्वतादेवी प्रोत्साहन पुरस्कारबाट पत्रकार मुक्ति पौडेलकी श्रीमती मेनुका भण्डारी पौडेललाई प्रदान गरियो । सो पुरस्कारको राशी नगद ११ हजार,सम्मान पत्र रहेको छ । सो प्रोत्साहन पुरस्कार पत्रकारका श्रीमतीलाई २०६५ सालदेखि प्रदान गरिआएको छ ।

महासंघका झापा शाखा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा कानुनमन्त्री कार्की, पत्रकार महासंघका केन्द्रीय सदस्य उद्दव तिम्सिना, पुरस्कारका संरक्षक राजेन्द्र शलभ, पुरस्कृत पत्रकार सुब्बा, नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतले बोलेका थिए ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर