Aamsanchar

कांग्रेस नेता खुमबहादुर खड्काको दिल्लीमा निधन

Author Image
शुक्रवार, चैत १६, २०७४

नयाँदिल्लीः

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको भारतको राजधानी नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, तथा पुर्व गृहमन्त्री खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको कां‌ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

निमोनिया र मिर्गाैलामा गम्भीर समस्या आएपछि दिल्लीको एपोलो अस्पतालमा खड्काको उपचार भइरहेको थियो । उपचारका क्रममा आर्थिक अभाव भएको भन्दै कांग्रेस कार्यकर्ताले रकम संकलन थालिरहेका बेला उनको निधन भएको हो । एपोलो अस्पतालले खड्काको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको थियो ।

खड्काकी छोरी पुनमले पनि बाबुको निधन भएको पुष्टि गरेकी छन् । खडका गम्भीर विरामी भएपछि एपोलो अस्पतालमा उपचार गराइरहेका थिए ।भेन्टिेलटरमा राखेर उपचार भइरहेको अवस्थामा खड्काको निध भएको हो ।
आर्थिक अभावका कारण खड्कालाई दिल्लीको एम्स अस्तपतालमा सार्ने तयारी भइरहेको थियो । दिल्लीस्थित नेपाली दूतावासले एम्समा उपचारको व्यवस्था मिलाइसकेको थियो । तर, स्वास्थ्य जटिल भएपछि सार्न सकिएको थिएन ।
गम्भीर बिरामी परेपछि खुमबहादुर गत फागुन ४ गते शुक्रबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। त्यहाँ उपचार हुन नसकेपछि खुमबहादुरलाई थप उपचारका लागि दिल्ली लगिएको थियो।
खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । तर पनि उनी कां‌ग्रेसको राजनीतिमा सक्रिय थिए । उनी कांग्रेसको काठमाडौँमा भएको १३ औँ महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा पनि विजयी भएका थिए ।-अन्नपूर्णबाट
Views: 148

प्रतिक्रिया (०)