Aamsanchar

महिला हिंसा विरुद्ध विर्तामोडमा भयो कडा खवरदारी ( फोटो फिचर )

Author Image
शनिवार, चैत १७, २०७४

¥यालीमा सहभागी संघसंस्थाका प्रतिनिधीहरु ।

दिनानुदिन बढदो बलात्कारको घटना बाहिर आउन थालेपछी देश भरिका स्वभिमानी नागरिकले यस्ता घटनालाई रोक्न आवाज उठाई रहेको अवस्थामा शनिबार विर्तामोडमा दर्जन भन्दा बढी युवा र सामजिक संघ संस्थाका सयौं प्रतिनिधीहरुले एकै साथ महिला हिंसा रोक्न अभियान सुरु गरेका छन ।

बलत्कार र महिलामाथी हुने विभिद् हिंसाको अनत्य को माग राख्दै सरकार को ध्यान आर्कषण गराउन हस्ताक्षर समेत संकलन गरेका छन ।

प्रदेश सरकारलाई हस्ताक्षर सहित आफ्ना माग राख्न, स्थानिय संघ संस्थाले संयुक्त रुपमा विर्तामोड नगर परिक्रममा गरेर विभिन्न सांकेतिक चिन्ह र व्यानर प्लेकार्ड बोकेर र्याली गरेका हुन ।

र्यालीमा रोट्याक्टर क्लव अफ विर्तामोड मिटटाउन, क्रियटिभ नेप्लिजयुथ, नेप्लिज टिन्स, हेल्पिङ हेण्ड्स, झापाली राईडस्, पहिलो पाईला, दारीग्याङ, नेपाल उद्यमशिल महिला माहसंघ, प्रपटी डिलर्स एसोसियसन, मारवाडी सेवा समिति, वीरता जेसीज, वीरता लेडी जेसीज लगायतका संस्थाले अभियानमा ऐकिवद्धता जनाएका थिए ।  उक्त अभियानमा विर्तामोड नगरपालिकाकी उप–प्रमुख पवित्रा महतारा प्रसार्ई,  विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतका विशिष्ठ व्यक्तित्वहरुले  पनि साथ दिएका थिए ।

हेर्नुहोस् फोटोहरु

फोटो : विनोद पाण्डे कमल /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर