चैत्र १७, बुधबारे । झापाको बुद्धशान्ति १ होक्सेमा शनिबारदेखि प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी स्पोटिङ क्लबलाई ५–३ गोल अन्तरले हराउँदै न्यू स्टार क्लब खोपवारी विजयी भएको छ ।
खोपवारीलाई जित दिलाउन जोनाहाङ लिम्बुले ह्याट्रिक गरेका थिए भने विजय राईले एक गोल गरेका थिए । एक गोल उसले आत्मघाती उपहार पायो । पराजित टिमको लागि सञ्जोग मगर, रोसन खड्का र मन्डेस राईले एक।एक गोल गरेका थिए । प्रतियोगितामा खोपवारीका जोनाहाङ लिम्बु म्यान अफदी म्याच घोषित भए ।
बुधबारे जेसीज र होक्से युवा क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रम होक्से युवा क्लबका अध्यक्ष बालकुमार राईको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेलको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेको विशिष्ट आतिथ्यता रहेको थियो भने झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल , बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष, भीमकुमार नेवार, २ का वडाध्यक्ष दिलीप श्रेष्ठ, ३ का वडाध्यक्ष कमल उप्रेती, ७ का वडाध्यक्ष मात्रिका पौड्याल, झापा जिल्ला फुटबल संघका सदस्य अमिर श्रेष्ठ, मुख्य प्रायोजक सिद्धकाली माकेटिङ विर्तामोडका प्रोपाइटर प्रकाश भण्डारी, सह प्रायोजक होक्से कृषि सहकारीका अध्यक्ष मोहन तिम्सिना लगायतको आतिथ्यता रहेको थियो ।
बुधबारे जेसीजका अध्यक्ष प्रकाश भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, प्रमुख अतिथि भुजेलले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रमको संचालन अनिल वाग्लेले गरेका थिए । भोलीको खेल सूर्योदय ११ र रेडस्टार फुटबल क्लब विर्तामोड बिच हुने आयोजकले जनाएको छ ।
झापा र इलामका गरी जम्मा ८ टिम सहभागी प्रतियोगितामा आयोजक होक्से युवा क्लब, न्यु स्टार खोपवारी, शिवसताक्षी स्पोटिङ क्लब झिलझिले, काँकरभिट्टा फुटबल टे«निङ सेन्टर, सैनिक युथ क्लब सैनिक, रेडस्टार फुटबल क्लब विर्तामोड, मुनाल क्लब चन्द्रगढी र इलामको सूर्योदय ११ गरी ८ टिमको सहभागीता रहेको बुधबारे जेसीजका अध्यक्ष प्रकाश भण्डारीले जनाएका छन् ।
आगामी २४ गते उपाधि भिडन्त हुने प्रतियोगिता बुद्धशान्ति १ को त्रिभुवन माविको खेल मैदानमा हुँदैछ । प्रतियोगिताको विजेताले ट्रफी सहित नगद ५० हजार र उपविजेताले ट्रफि सहित ३० हजार रुपैंया पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैंया बजेट लाग्ने होक्से युवा क्लबका अध्यक्ष राईले बताएका छन् ।