Aamsanchar

पार्टी विस्तार गर्दै एकीकृत राष्ट्रवादी

Author Image
शनिवार, चैत १७, २०७४

बिर्तामोड।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) झापाले पार्टीलाई क्रियाशील र चलायमान बनाउनका लागि पार्टी विस्तार गर्न लागेको बताएको छ ।

प्रथम स्थापना दिवसका अवसरमा पार्टीले शुक्रवार पत्रकार सम्मेलन गरी ४ बुँदे एजेण्डा सार्वजनिक गरेको हो । पार्टीले राजसंस्था सनातन तथा हिन्दू धर्म, सुशासन र एकताका लागि समावेशी प्रजातान्त्रिक राष्ट्र निर्माण गर्ने उद्देश्यले यस्तो कार्य शुरु गरेको बताइएको छ । देशमा बढ्दै गएको भष्टाचारविरुद्ध आफ्नो पार्टीले अभियान चलाउने समेत कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा कमल थापा र पशुपति सम्शेर जबरा राजसंस्था आवश्यक भन्दै हिँड्ने र राष्ट्रपतिका निर्णयलाई मान्ने भएकाले राप्रपा एक हुन नसकेको वक्ताहरुले बताएका थिए । त्यसैले कमल थापा र पशुपतिलाई छाडेर हामीले प्रकाशचन्द्र लोहोनीको नेतृत्वमा पार्टीलाई अघि बढाउने सोच आएको उनीहरुले बताए ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) झापा अध्यक्ष लक्ष्मीप्रसाद ओडारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य टेकनारायण राजवंशी, केन्द्रीय सदस्य विश्वनाथ श्रेष्ठ, प्रजापति कोइराला, चेतनाथ थापा, देवीरमण भट्टराईले पार्टीको धारणा सार्वजनिक गरेका थिए ।

देशका ७७वटै जिल्लामा संगठन विस्तारलाई तीब्रता दिइएको र दोस्रो बर्ष झापामा संगठन विस्तारलाई तीब्रता बनाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Views: 116

प्रतिक्रिया (०)