Aamsanchar

गोरु काटेको आरोपमा ६ जना पक्राउ

Author Image
आइतवार, चैत १८, २०७४

 फिदिम,

पाँचथरमा गोरु काटेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ मा देउकुमार तामाङको घरमा गोरु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलील पक्राउ गरेको हो । गोरु काटेको भन्ने खबर पाएपछि गएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ सालघारीका ३४ वर्षीय देउकुमार तामाङ, ३३ वर्षीय सन्तबहादुर तामाङ, ५१ वर्षीय विर्खबहादुर तामाङ, २६ वर्षीय सुजन तामाङ, २८ वर्षीय राजकुमार राई र स्याङजा घर भई अहिले फिदिम–९ लुम्फाबुङ बस्ने ३७ वर्षीय सुशिल विश्वकर्मा रहेका छन् ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कर्यालय पाँचथरमा राखिएको प्रदेश प्रहरी कर्यालय विराटनगरले जनाएको छ ।

Views: 119

प्रतिक्रिया (०)