Aamsanchar

गुडिरहेको बसको चक्का खुस्किएर लाग्दा…

Author Image
आइतवार, चैत १८, २०७४

बिर्तामोड  ।

गुडिरहेको बसको चक्का खुस्किएर लाग्दा झापाको दमकमा आज एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका – ८ निवासी ७१ वर्षीया हरिमाया पाण्डे रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सडक किनारमा पैदल हिँडिरहेकी उनलाई दमकको पशुहाट सडक खण्डमा गुडिरहेको को १ ख ५४३६ नम्वरको वसको पछाडिको चक्का खुस्किएर लागेको थियो ।

चक्काले लागेर पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर