बुधबारे ।
झापाको बुद्धशान्ति १ होक्सेमा शनिबारदेखि शुरु भएको प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता अन्तगर्त आइतबार भएको खेलमा सूर्योदय ११ इलाम विजयी भएको छ ।
ट्राइबेकमा रेडस्टार फुटबल क्लब विर्तामोडलाई ८–७ गोल अन्तरले हराउँदै सूर्योदय विजयी भएको हो । निर्धारित समय सम्म २–२ को बरावरी भएको थियो । प्रतियोगितामा सूर्योदयका रविन राई म्यान अफ द म्याच घोषित भए । सोमबारको खेल काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र सैनिक युथ क्लब बिच खेल हुने बुधबारे जेसीजका अध्यक्ष प्रकाश भण्डारीले जनाएका छन् ।
बुधबारे जेसीज र होक्से युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको फाइनल २४ गते हुनेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 145