Aamsanchar

पुनःनिर्माण हरसम्भव उपायले पूरा गर्न प्रमको निर्देशन

Author Image
आइतवार, चैत १८, २०७४

काठमाडौँ,

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्को बैठकले पुनःनिर्माणको काम हरसम्भव उपाय अवलम्बन गरेर पूरा गर्न प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको परामर्श परिषद्को बैठकमा भूकम्पपछिको पुनःनिर्माणमा हालसम्म भएको प्रगतिको समीक्षा भएको प्रवक्ता यामलाल भुसालले जानकारी दिनुभयो ।

परामर्श परिषद्को आजको बैठकपछि पुनःनिर्माणको बाँकी कार्यलाई थप प्रभावकारी र चुुस्त ढंगबाट अघि बढाउन विस्तृतरुपमा छलफल गर्न आगामी मंगलबार निर्देशक समितिको बैठक बोलाउने निर्णय भएको प्रवक्ता भुसालले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले पुनःनिर्माणको कामलाई कुनै पनि बहानामा नअल्झाउन तथा हरसम्भव प्रयास गरेर पूरा गर्न निर्देशन दिनुभएको थियो ।

बैठकले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका निर्वाचित प्रतिनिधिसभा सदस्यलाई परामर्श परिषद्मा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

Views: 304

प्रतिक्रिया (०)

सम्बन्धित खबर