इनरुवा,

सुनसरीको सीमावर्ती कोशी गाउँपालिका–६ श्रीपुरजब्दीमा आज भीषण आगलागी भएको छ ।

श्रीपुरका जगदीस महात्माले गहुँ झाँट्न ल्याएको थ्रेसरबाट सल्केको आगोले १६ घर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण करिब रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र भारतको विरपुरबाट आएको दमकल तथा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रण लिएको थियो ।

यसैबीच, कोशी गाउँपालिका ६ नं वडा कार्यालयले आगलागीपीडितलाई राहत वितरण गरेको छ ।
अग्नि पीडितलाई तत्कालका लागि चिउरा, भूजासहिका राहत सामग्री वितरण गरिएको वडाध्यक्ष इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
Views: 120

