Aamsanchar

बाटो मर्मतपछि पुल बन्ने आसामा झापा गाँउपालिका टप्पुका स्थानीयबासी

Author Image
सोमवार, चैत १९, २०७४

गोपिन पोखरेल

सिमलबाडी झापा।  कन्काइ नदीमा आएको बाढीले बाटो बगाउँदा बारी पारी गर्नबाट बन्चित झापा गाँउपालिका स्थित टप्प्पुका बासिन्दा अभियान नेपाल र गाँउपालिकाको सहयोगमा बाटो निर्माण भएपछि खुसी भएका छन् ।
झापा गाँउपालिकाको ५ लाख र नेपाल बाढी प्रतिकार्य तथा शीघ्र पुर्नलाभ परियोजना अन्तर्गत कारितास इन्टरनेश्नालिष्ट, कारितास नेपाल र अभियान नेपालको २ लाख १० हजार रुपैयाँ सहयोगमा बाटो निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । बाटो निर्माण भए पनि अब बाढीले बगाएको १०० मिटर लामो पुल निर्माण हुन बाँकी छ ।
गत साउन २७ गते कन्काई नदीमा अविरल वर्षासँगै आएको बाढी पसेर झापा गाँउपालका स्थित सिमलबाडी पश्चिम टप्पु जाने करिब १ किलोमिटर बाटो बगाएर क्षतिग्रस्त भएको थियो ।

बाढीले बाटो बगाउँदा त्यहाँका ५० घरधुरी वारीपारी गर्न नसकी प्रत्यक्ष प्रभावित भएका थिए । कामका लागि नगद कार्यक्रम अन्तर्गत अभियान नेपालको अगुवाइमा बाटो निर्माण सम्पन्न भएपछि स्थानीय ९५ महिला र ११३ पुरुष गरी २०८ जना प्रत्यक्ष लाभान्वित भएको अभियान नेपालका कार्यक्रम निर्देशक लोकप्रिय खनालले बताए ।

कारितास नेपाल र अभियान नेपालको साझेदारीमा सञ्चालित बाढी प्रतिकार्य तथा शीघ्र पुर्नलाभ परियोजना साथै गाउँपालिकाको सहयोगमा सिमलबाडीबाट टप्पु जाने १३४० मिटर कच्चीबाटो स्थानीयबासीको प्रत्यक्ष संलग्नतामा सामुदायिक बिपत् व्यवस्थापन समिति मार्फत मर्मत सम्पन्न गरिएको निर्देशक खनालले बताए । बाटो बनेपछि टप्पु सिमलबाडीको बिच्छेद भएको सम्बन्ध पुन जोडिएको छ । टप्पुका स्थानीबासीको बजारसम्मको पहुँच स्थापित भएको झापा गाँउपालिका वडा नं ७ का अध्यक्ष नेत्रप्रसाद नेत्रप्रसाद उप्रेतीले बताए ।

बाढीले बगाएको हाम्रो सपनालाई अभियान नेपालले गरेको सहयोग र गाउँपालिकाको पहलमा पुन व्यूताएको अध्यक्ष उप्रेतीले बताए । गाँउपालिका र अभियान नेपालको सहयोगमा कुल ७ लाख १० हजारको लागतमा बाढीबाट क्षति पुगेको बाटोको खाल्डा पुर्ने, नाला बनाउने र बाटो सम्याउने कार्य सम्पन्न भएको छ ।
बाटोको दीर्घकालिन समाधानका लागि वडा नं ३,७ र अभियान नेपालसँग सहकार्य गर्ने योजना रहेको भए पनि प्राविधिक कारणले सम्भव नभएको बताउदै वडा अध्यक्ष उप्रेतीले भने गत साउनमा बाढीले बगाएको पुल निर्माणका लागि सक्दो पहल भइरहेको बताए ।

गतबर्ष रेडक्रस लगायतका संस्थाको सहयोगमा सिमलबारीदेखि टप्पु जाने उक्त बाटोमा पुल निर्माण गरिए पनि उद्घाटन नहुँदै साउन २७ गते कन्काइ नदीमा आएको बाढीले राति नै बगाएको थियो ।
पुल बगाएर समस्या बेहोरिरहेकी स्थानीय एक महिलाले भनिन् नयाँ पुलबाट तरि हेरौ भनेको होइन उद्घाटन नगरी तर्नु हुँदैन भनेर तर्न दिएनन् के को पुल त बाढीले राति नै बगाएछ । पुल बनेपनि एकपल्ट पनि हिड्न नपाई बगाएपछि स्थानीय चिन्तित छन् ।
बाढीले स्थानीय टेकबहादुर दर्नालकी ३५ वर्षीय श्रीमती कमला र साढे ३ वर्षीय छोरी खुसी दर्नाललाई बगाएको थियो । दर्नालको परिवारका २ सदस्य, पशु चौपाया बगाउनुका साथै स्थानीयको सयौ विगाहा खेतीयोग्य जमिन बालुवामा परिणत भएको थियो ।

बाढीले बगाएको बाटो पुर्ननिर्माण भएपछि पुल पनि बन्ने आसामा स्थानीय खुसी भएका छन् ।
निर्माण सम्पन्न भएको सो बाटो सोमबार नै स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएको छ । चैत ४ गतेदेखि सुरु भएको परियोजना अन्तर्गत निर्माण गरिएको सो बाटो सोमबार सम्पन्न गरिएको हो । सामुदायिक बिपत् व्यवस्थापन समिति निर्माण गरी मानवीय श्रम कामका लागि नगद् पद्धती अनुसार श्रम गरेबापत दैनिक ज्याला दिएर काम सम्पन्न गरिएको अभियान नेपालका कार्यक्रम निर्देशक खनालले जानकारी दिए ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर