बुधबारे ।
झापाको बुद्धशान्ति १ होक्सेमा जारी प्रथम बुद्धशान्ति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काँकरभिट्टा ट्रेनिङ सेन्टरलाई २–० ले पाखा लगाउँदै सैनिक युथ क्लब सैनिक सेमीफाइनलमा प्रवेश गरेको छ ।
बुधबारे जेसीज र होक्से युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा सैनिकलाई जित दिलाउन दोस्रो आफको ९ मिनेट र इन्ज्युरी समयमा जर्सी नम्बर १० का विकास साउदेनले गोल गरेका थिए ।
प्रतियोगितामा २ गोल गर्ने कप्तान साउदेन म्यान अफ द म्याच घोषित भए । झापा र इलामका ८ टिम सहभागी प्रतियोगितामा मंगलबारको अन्तिम क्वाटरफाइनल खेलमा मुनाल क्लब चन्द्रगढी र आयोजक होक्से युवा क्लब बीच प्रतिष्पर्धा हुने होक्से युवा क्लबका अध्यक्ष बालकुमार राईले जनाएका छन् ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र ट्रफी तथा उपविजेताले ३० हजार र ट्रफी पाउने बुधबारे जेसीजका अध्यक्ष प्रकाश भण्डारीले जनाएका छन् ।